×

Dabur

सरकार गठनकाे कसरत

दुवै गठबन्धनबाट प्रस्ताव आएका छन्, सरकारमा सहभागी हुन सक्छौँ : सीके राउत [अन्तर्वार्ता]

‘१५ वर्षदेखि निरन्तर सत्तामा रहेका व्यक्तिले चुनावमा पैसा र शक्तिको चलखेल गरे’

मंसिर १४, २०७९

NTC
Premier Steels
Marvel

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दुवै गठबन्धनसँग संवाद भइरहेको बताएका छन् । जनमत पार्टीको एजेन्डा पूरा गराउन जुन गठबन्धनले तत्परता, प्रतिबद्धता जनाउँछ त्यसैसँग सहकार्य हुने उनले बताएका छन् । सरकारमा जानु परे सरकारमै जाने, बाहिरबाट समर्थन गर्नुप¥यो भने त्यो पनि गर्न सकिने वा प्रतिपक्षमै बस्नुपर्ने स्थिति आयो भने त्यो विकल्प पनि खुला रहेको उनले बताएका छन् । 

yONNEX
Sagarmatha Cement

सरकारमा आफ्नै नेतृत्वमा पनि जान सकिने, नभए अन्य साथीलाई मात्र पनि पठाउन सकिने उनले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै भारी मतान्तरले उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । राउतसँग लोकान्तरकर्मी अजय अनुरागीले जनमत पार्टीको आगामी बाटोका बारेमा संवाद गरेका छन् । 


Advertisment

पहिलो पटकको प्रयासमै चुनाव जित्नुभयो, जितको आधार के हो ?

Vianet communication
Laxmi Bank

जनताले मप्रति देखाएको माया र स्नेहले जीत सम्भव भएको हो । मैले विगतमा गरेको संघर्षलाई एउटा पहिचान दिने काम भएको छ । 

मधेशको सबैभन्दा शक्तिशाली पार्टी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तपाईंको प्रतिस्पर्धी हुनुहुन्थ्यो । तर, तपाईंले सहजै पराजित गर्नुभयो नि ?

निश्चय नै उहाँ राजनीतिक, आर्थिक रूपमा र पदीय हिसाबले पनि अत्यन्त शक्तिशाली हुनुहुन्थ्यो । तर, जनताले विगतमा उहाँले गरेको कामलाई परीक्षण गरेर हेरिसकेका थिए । अर्कोतर्फ हाम्रो संघर्षमय जीवन पनि जनताले हेरिरहेको हुनाले जनताले हामीलाई मत दिए । जनता साथमा भएपछि, जनताले मन पराएपछि अरु कुराहरूले त्यति धेरै महत्व राख्दैन । 

उपेन्द्र यादवले त आफूसँग पैसा नभएको कारण चुनाव हारे, राजविराजको सबै होटल बाहिरबाट आएका मानिसहरूले भरिभराउँ थियो । चुनावमा बाह्य चलखेल भयो भन्ने आरोप लगाइरहनुभएको छ नि ?

राजविराजको सबै होटलहरू उहाँहरूकै पार्टीका नेता तथा कार्यकर्ताहरू बाहिरबाट आएर भरिभराउ गरेका थिए । त्यो त त्यहाँका कुनै पत्रकार वा स्थानीयलाई समेत सोध्दा थाहा पाउनुहुन्छ । विगत १५ वर्षदेखि निरन्तर सत्तामा रहेका व्यक्तिले पैसा र शक्तिको चलखेल गर्ने हो, गर्दै आएको पनि छ । जहाँ उहाँकै पार्टीबाट निर्वाचित भएका मेयर भ्रष्टाचार मुद्दामा अझै पनि निलम्बित छन् । त्यो मानिसले मसँग पैसा थिएन भनेर भन्ने मिल्दैन । त्यो पार्टीबाट त पैसाको खोलै बगाइएको थियो । तर, पैसाको खोलो बगे पनि जनताले हाम्रो संघर्षलाई नै पहिचान गर्नुभयो । 

तपाईंले दिनरात खसी ढालेर, भोज भतेर गरेर जित्नु भयो भन्ने आरोप पनि छ नि ?

हामीले होइन, उहाँहरूले दिन रात खसी ढालेर भोज भतेर गर्नुभएको थियो । त्यहाँ पुगेका सबै पत्रकारहरूले पनि त्यो कुरा देखेकै हो नि । 

चुनावी प्रचारका बेला तपाईंले जनतासामु राख्नुभएको प्रतिबद्धताहरू अब कसरी पूरा हुँदै जान्छन् ?

सबै एजेण्डा एकै पटकमा कार्यान्वयन सम्भव हुँदैन । तर के कति सम्भव हुन्छ, टाइमफ्रेमभित्र अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन रणनीति बनाएर पूरा गर्छौं । कुनै एजेण्डा छोटो समयमै पूरा हुन्छ, कुनैको लागि लामो समय पर्खनुपर्ने हुन्छ । मूलभूतरूपमा शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको समस्या समाधान गर्ने कुराहरू नै हुन्छन् । त्यसमा पनि अल्पकालीन र दीर्घकालीन भन्ने कुरा छुट्याएर अगाडि बढ्छौँ ।

कतिपयले तपाईंको जीतलाई मधेशमा वैकल्पिक शक्तिको उदय भन्छन्, कतिपयले तपाईंसँग कुनै राजनीतिक कार्यक्रम नै छैन, के उद्देश्यले चुनाव लड्नुभयो भन्ने पनि स्पष्ट छैन भन्छन् । तपाईं के भन्नुहुन्छ ?

जुन मानिस १२ वर्षदेखि निरन्तर फिल्डमै काम गरिरहेको छ, जनताको बीचमा छ । सबभन्दा बढी लिखित दस्तावेज जुन पार्टीको छ त्यस पार्टीको घोषणापत्र के हो भन्ने समेत बुझ्न सकेको छैन भने त्यो कस्तो खालको राजनीतिक विश्लेषक हो ? पढ्दै नपढ्ने मानिस कसरी राजनीतिक विश्लेषक भए त ?

चुनावी नतिजा हेर्दा तपाईंको पार्टीको पनि समानुपातिक मतको थ्रेसहोल्ड कट्ने देखियो । मधेश प्रदेशमा पनि राम्रो नतिजा आएको छ । अब कसरी अगाडि बढ्नुहुन्छ ? 

हामीले जे एजेन्डा लिएका छौँ, घोषणापत्रमा त्यो कुरा जाहेर पनि गरेका छौँ, ती एजेन्डा पूरा गराउन जुन गठबन्धनले तत्परता देखाउँछ, प्रतिबद्धता जुन गठबन्धनले गर्छ त्यतातिर हाम्रो समर्थन रहनेछ । यो हाम्रो अहिलेको शुरुआती धारणा हो । संवादका क्रममा के हुन्छ त्यसपछि थप कुरा हुन्छ । अहिले समानुपातिक परिणाम सबै आइनसकेको हुनाले कोसँग सहकार्य गर्छौँ भन्ने कुरा प्रष्ट हुनसकेको छैन ।

चुनावी नतिजा आउन थालेदेखि अहिलेसम्म कुन–कुन पार्टीका नेताहरूसँग तपाईंको संवाद भयो ?

मैले सिधा संवाद गरिरहेको छैन । नेताहरूसँग मेरो प्रत्यक्ष कुराकानी भइरहेको छैन । तर, हाम्रा साथीहरू संवादमा हुनुहुन्छ । दुवै गठबन्धनबाट विभिन्न प्रस्तावहरू आइरहेका छन् ।

तपाईंको पार्टी संघीय सरकारमा सहभागी हुन्छ कि हुँदैन ?

सरकारमा जानुभन्दा पनि के गर्दा हाम्रो एजेन्डा पूरा हुन्छ त्यसतर्फ हाम्रो ध्यान छ । जे गर्दा उचित हुन्छ हामी त्यही गर्छौँ । प्रतिपक्षमा बस्न पनि हामीलाई कुनै गाह्रो छैन । सत्तामै जानुपर्छ भन्ने पनि छैन । सरकारमा जानु नै पर्छ भन्ने धारणा राख्दैनौँ, तर सरकारमै गएर यदि हाम्रो माग पूरा हुन्छ भने सरकारमा पनि जान सक्छौँ ।

मधेश प्रदेशमा तपाईंको पार्टी विना सरकार नबन्ने स्थिति आयो भने त्यहाँ पनि सरकारमा जानुहुन्छ ?

त्यहाँ सरकार नै बन्न नसक्ने स्थितिमा निकास दिनका लागि सरकार बनाउन हामी तयार हुन्छौँ । त्यहाँ बाहिरबाट पनि सरकारलाई समर्थन दिन सकिन्छ । 

संघीय सरकारमा पनि बाहिरबाटै समर्थन हुनसक्छ ?

हुनसक्छ । त्यहाँ तीन विकल्पमध्ये कुनै एक हुन सक्छ । हामी प्रतिपक्षमा नै पनि बस्न सक्छौँ, सरकारलाई बाहिरबाट पनि समर्थन दिन सकिन्छ वा सरकारमै पनि जान सकिन्छ । तर, के गर्दा जनताको भरोसा कायम रहन्छ त्यो हाम्रो अहिले प्रमुख उत्तरदायित्व हो ।

तपाईंको पार्टी संघीय सरकारमा सहभागी भयो भने तपाईं आफ्नो लागि रूचिको मन्त्रालय कुन हो ?

मलाई व्यक्तिगतरूपमा कुनै मन्त्री बन्ने इच्छा छैन । मैले पहिले पनि भनेको थिएँ कि मलाई चुनाव लड्ने इच्छा पनि छैन । तर, पार्टीको परिस्थितिका कारण लड्नुप¥यो । नलडेको भए अहिले पार्टी राष्ट्रिय पार्टी नै बन्दैनथ्यो होला । त्यही भएर परिस्थितिले के निर्धारण गर्छ त्यसअनुसार हुने हो । व्यक्तिगतरूपमा म नै मन्त्री बन्नुपर्छ भन्ने मेरो चाहना छैन । पार्टीबाट साथीहरूलाई सरकारमा पठाउन सकिन्छ ।

तपाईं आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने होला नि ?  

मेरो व्यक्तिगत आकांक्षा त्यो होइन । तर, भोलि परिस्थिति कस्तो बन्छ त्यो अहिले भन्न सकिँदैन । बाध्यताबस् त्यस्तै परिस्थिति बन्यो भने जानुपर्छ । त्यसो गर्दा जनताको चाहना पूरा हुने देखियो भने त्यो पनि गर्न सकिन्छ ।

तपाईंले महात्मा गान्धीजस्तै कहिल्यै सत्तामा जान्न, सत्ताभन्दा बाहिरै रहन्छु, जानु परे पनि अरूलाई पठाउँछु भन्नुभएको थियो नि ?

मेरो अहिले पनि त्यहीँ धारणा हो । सकेसम्म अरुलाई नै सरकारमा पठाउँ र आफू टाढै बसौँ भन्ने छ । तर, कुनै बेला पार्टीलाई बचाउनुपर्ने स्थिति हुन्छ भने त्यसो पनि गर्नुपर्छ । भनौं न, मन्त्री बनेर नै जनताको माग पूरा हुने हो भने मन्त्री पनि बन्नुपर्छ । जनताको माग पूरा गर्न जाने अवस्था पनि आउन सक्छ । त्यसैले म मन्त्री बन्ने वा नबन्ने कुरा धेरै ठूलो बहसको विषय हो जस्तो मलाई लाग्दैन ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...

बैशाख १८, २०८०

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

बैशाख १९, २०८०

मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x