×

NMB BANK
NIC ASIA

स्विडेनमा गुडाउन थालियो चालकरहित लरी

मंसिर १४, २०७९

NTC
Premier Steels

स्विडेनको ट्रकनिर्माता स्कानियाले व्यापारिक सरसामान ढुवानीका लागि चालकरहित लरी बनाएको छ । 

Muktinath Bank

‘हामी एक विन्दुबाट अर्को विन्दुसम्म चालकरहित गाडीमा सामान राखेर पुर्‍याउँछौं,’ स्कानियामा स्वचालित गाडी विभागका प्रमुख पिटर हाफमारले एएफपी समाचार संस्थालाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले गाडीको पाइलट प्रोजेक्टमा काम चलिरहेको छ । त्यसअन्तर्गत चालरकरहित ट्रक लगभग ३०० किलोमिटर गुडिरहेको छ । देशको दक्षिणी भागमा रहेको सोडरताल्येबाट जोन्कोपिङसम्म फास्टफूड यही गाडीले ढुवानी गर्ने गरेको छ । 


Advertisment
Nabil box
Kumari

बाहिरबाट हेर्दा कुनै सामान्य लरी जस्तै देखिने यस गाडीको छतमा क्यामरा र दुईवटा सेन्सर जडान गरिएको छ । 

Vianet communication

गाडीभित्र ह्वील र सीटहरू सामान्य जस्तै छन् तर ड्याशबोर्डमा साना डिभाइस र स्क्रीनहरू भरमार छन् । प्यासेन्जर सीटमा कम्प्युटर र्‍याक छ । 

प्यासेन्जर सीटमा इन्जिनीयर गोरान फ्यालिड बस्छन् । उनी ल्यापटपमा हेरिरहन्छन् । ट्रकका क्यामराबाट आउने भिडियो फीडका साथै अन्य सूचनाहरू पनि उनी ल्यापटपमा हेर्छन् । 

अर्को स्क्रीनमा ट्रक तथा उसनजिक गुडिरहेका अन्य गाडीको ३डी भिजुअलाइजेसन देखिन्छ । 

लरीमा जीपीएस सिस्टम पनि छ । सेन्सरसँग मिलेर जीपएसले सुरक्षित यात्रा गराउँछ । 

मानिस आफैंले हाँकेको भन्दा पनि राम्रो गरी मशिनले गाडी हाँक्छ, फ्यालिड बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x