
सीजीले आफ्ना डिलर, सब–डिलर र बिक्रेतामार्फत बजारमा आफ्ना उत्पादन पु¥याउँदै आएको छ । सीजीको सिधै ग्राहलाई नै सेवा दिन काठमाडौंमा ७ वटा र एउटा विराटनगर सीजी सप खोलेको छ । त्यहीँबाट यसले सिधै उपभोक्तालाई सामान बिक्री गर्ने गरेको छ । ग्राहकले आएर सामानको डिटेल बुझ्ने र आवश्यकताअनुसार किन्ने काम गर्न सक्छन् । ग्राहकले हाम्रा सामान खरिद गरेवापत ग्राहकलाई आवश्यकताअनुसार निःशुल्क डेलिभरी पनि गर्ने गरेका छौँ ।
अहिले जाडोको सिजन हो । यो मौसमका लागि आवश्यक पर्ने सबै उत्पादन हामीसँग छ । हामीसँग भएका सामान सबै नै ग्राहकले रुचाइरहेका छन् । अहिले ५० प्रतिशतसम्म छुट दिएर ग्राहकलाई टीभी उपलब्ध गराइरहेका छौँ । यस्तो छुट ७ लाख ६० हजार पर्ने टीभीमा मात्रै दिएका छौँ । विश्वकपको सिजन भएकोले अरु टीभीमा पनि व्यापार राम्रो भइरहेको छ । ग्राहकले बढी मन पराउने टीभी ५५ इन्चको देखिएको छ । योसँगै आवश्यकताअनुसार सबै प्रडक्ट हामीले दिइरहेका उपलब्ध गराइरहेका छौँ । टीभी खरिद गर्दा छुट दिने पनि गरिएको छ । यसले गर्दा ग्राहकलाई नै लाभ हुने गरेको छ ।
विवाहको सिजन भएकोले घरायसी सामानको कम्बो प्याकेज बनाएर पनि दिने गरेको छौँ । सीजीले सामान लिएर मासिक किस्ता तिर्ने (ईमआई)मा पनि छुट दिएर सेवा दिएका छौँ । क्यासमा लिँदा पनि छुट दिइरहेका छौँ । हामीले नर्मल अवस्थामा पनि ईएमआईमा छुट दिइरहेको छौँ । यसले गर्दा ग्राहकलाई थप सहज बनाउने काम गरिएको छ । यसरी लिएको सामान महँगो नपर्ने र एक्चुअल प्राइसमा नै पाइन्छ । यस्तो सेवा कम्तिमा ३० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको सामानमा दिएका छौँ ।
(सीजी इलेक्ट्रोनिक्सका रिटेल अपरेसन म्यानेजर सुनिलकुमार पुनसँगको कुराकानीमा आधारित )