२७ जेठ २०८३, बुधबार

स्याङ्जा २ मा धनराजको अग्रता कायमै

मंसिर १६, २०७९
स्याङ्जा २ मा धनराजको अग्रता कायमै

प्रतिनिधि सभातर्फ स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका गुरुङले नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग मत गणनाको शुरुआतदेखि नै अग्रता लिएका हुन् । 

बिहीवारदेखि शुरु गरिएको मत गणनाको पछिल्लो परिणाअनुसार गुरुङले १५ हजार ७२ मत प्राप्त गरेका छन् । एमाले सचिव अर्यालले १२ हजार ९०९ मत पाएकी छन् । उनीहरूबीचको हालसम्मको मतान्तर २ हजार १६३ छ । 

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ९६२ मत पाएका छन् । 

मंसिर ४ गते नै मतदान भएको त्यस क्षेत्रमा बुथ कब्जा भएको भन्दै विवाद भएपछि मत गणना कार्य रोकिएको थियो । निर्वाचन आयोगले मत गणना गर्न निर्देशन दिएपछि बिहीवारदेखि मत गणना कार्य शुरु गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्