भारतको मध्यप्रदेशस्थित जबलपुर शहरमा चलिरहेको सिटी बसका चालकलाई 'हर्ट एट्याक' (हृदयाघात) भएपछि भयानक दुर्घटना भएको छ ।
घटना जबलपुरको दमोहनका क्षेत्रको हो । चालकलाई हर्ट एट्याएक भएपछि बस अनियन्त्रित भई अन्य सवारीसाधनलाई कुल्चेर गुड्न थाल्यो ।
यही क्रममा बसले ट्राफिक सिग्नलमा रोकिएको मोटरसाइकललाई ठक्कर दिँदै किचेर अगाडि बढ्यो ।
मोटरसाइकललाई लतार्दै अघि बढेको बस केही पर पुगेर रोकियो । घटनामा बस चालकको हर्ट एट्याकका कारण र मोटरसाइकल चालकको बसको ठक्करका कारण मृत्यु भएको छ ।
यो घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो । उक्त भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियो : अमर उजाला