×

NMB BANK
NIC ASIA

अस्पताल सञ्चालन गर्दै पूर्वाञ्चल विश्वविद्यालय

मंसिर २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयले आउने माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सेवा सञ्चालन गर्ने बताएको छ । हाल आंशिक मेडिकल कलेज सञ्चालन गर्दैआएको विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्न लागेको जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मोरङ ३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माले अस्पताल सञ्चालनका लागि सबै सहयोग गर्ने प्रतिवद्धता जनाए । आफ्नो चुनाबी प्रतिवद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उनले उल्लेख गरेका थिए। कम्तीमा तीन सय शैयाको अस्पताल सञ्चालन नगरेमा मेडिकल कलेज सञ्चालन गर्न नपाइने व्यवस्था छ । मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु रहेको शर्माले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइराला, कुलसचिव नीलमणि पोख्रेल र अस्पताल निर्देशक डा. विपेश आचार्यसँग अस्पताल सञ्चालनका विषयमा छलफल भइसकेको उनले बताए । कुनै वहानामा अस्पताल सञ्चालनको काम नरोकिने उनले प्रतिवद्धता जनाए । 


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयका ‘मदर इन्ष्टिच्युट’हरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालसँग समन्वय गर्न उनले आग्रह गरे । ती इन्ष्टिच्युटबाट सहयोग नगरेमा नोवेल शिक्षण अस्पतालले सहयोग गर्ने उनले विश्वास दिलाए । नोवेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्माले एमडि र डिएम गरेका चिकित्सक उपलब्ध गराउने जिम्मा आफूले लिने बताए ।

Vianet communication
Laxmi Bank

विश्वविद्यालयका उपकुलपति प्रा.डा. कोइरालाले विश्वविद्यालयले हाल सानो रुपमा अस्पताल सञ्चालन गरिरहेको बताए । स्थानीय समाजसँग अस्पताललाई जोड्न नसकेसम्म गोठगाउँमा विश्वविद्यालय भएको अनुभुति नहुने उनले बताए । 

विश्वविद्यालयका अस्पताल निर्देशक डा. विपेश आचार्यले हाल अस्पतालले ११ जना विशेषज्ञ डाक्टरसहित ८० जना जनशक्तिबाट चिकित्सा सेवा दिइरहेको बताए । कम्तिमा तीन सय शैया सञ्चालन गर्न थप १५ जना विशेषज्ञ चिकित्सक र त्यसअनुसार डाक्टर नर्सको आवश्यकता पर्ने उनको भनाइ छ ।

विश्वविद्यालयले स्थापनाताका सात सय शैयाको अस्पताल सञ्चालन गर्ने अनुमति लिएको थियो । पछि घटाएर तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गर्न पुग्यो । २०६५ मा ५० शैयाको अस्पताल सुरु गरेको विश्वविद्यालयले अहिले आकस्मिक सेवासहित ३० शैयाको अस्पताल सञ्चालन गर्दैआएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x