२९ असार २०८३, सोमबार

सारीमा सजिएकी स्वस्तिमा, ‘वेडिङ बेल्स’ भन्दै शेयर गरिन् तस्वीर

मंसिर २०, २०७९
सारीमा सजिएकी स्वस्तिमा, ‘वेडिङ बेल्स’ भन्दै शेयर गरिन् तस्वीर

मंसिरलाई विवाहको सिजन मानिन्छ । यसवर्षको यो मंसिरमा थुप्रै नेपाली कलाकारहरू वैवाहिक सम्बन्धमा बाँधिए । कलाकारहरूको विवाहको माहोलले अन्य कलाकारहरूलाई नछुने कुरै भएन । यस्तोमा अभिनेत्री स्वस्तिमा खड्कालाई पनि विवाहको माहोलले राम्रैसँग छोएको देखियो । विशेषगरी, अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसीको विवाहमा स्वस्तिमा मेहेन्दीदेखि विवाह समारोहसम्म रमाइन् ।

उनै स्वस्तिमाले फेसबुकमा ‘वेडिङ बेल्स’ अर्थात विवाहको घण्टी भन्दै केही तस्वीरहरू शेयर गरेकी छन् । तस्वीरमा उनी सारीमा सजिएकी छन् । सारीमा पनि उनी निकै सुन्दर देखिएकी छन् । स्वस्तिमा नेपाली चलचित्र, म्युजिक भिडियो र विज्ञापनहरूमा समेत निकै डिमाण्डेड अभिनेत्री हुन् । 

उनी पहिरनको राम्रो ज्ञान भएकी अभिनेत्रीको रूपमा समेत चिनिन्छन् । 

स्वस्तिमा अभिनित पछिल्लो फिल्म ‘चिसो मान्छे’ गत असारमा प्रदर्शनमा आएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्