मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
हर्क आफ्नो गलामा चुम्मा लगाएका
तोते बोली भर्खरै फिरेका
छोरीको ओठको गोलपोष्टभित्र
चकलेट बल खेलाउन
कतार लागेको धेरै भयो
राम भरोस आफ्नो परिवारको छाकमा
मीट बल पुर्याउन
मुटुका टुक्रा आफ्ना नानीहरुलाई
स्वीटबल खेलाउन
कतार हानेको धेरै भयो
अहँ फर्केन उ
र उ जस्तै सयौं अरुहरू
फलाम पग्लने तातोमा
रडहरू जोड्दै
रंगशाला बनाउन जुटेका हातहरु
फेरि कहिले हलचल नहुनेगरी
एकाएक कक्रक्क चिसिए
र सदाको लागि हराए
युद्ध जस्तै त थियो उसको अभियान
तर पनि
शहीद बन्न सकेन उसको बलिदान
हो उसले सोचे जस्तै
त्यहाँ फुटबलको महाकुम्भ मेला लाग्यो
प्रत्येक खेलमा
नाचगान र बाजाहरूको रंगीन वर्षा भयो
प्रत्येक गोलमा / प्रत्येक जीतमा
ताली र हुर्रेहरुको लोभलाग्दो वर्षा भयो
र यो बीचमा
कहिले पनि
कतै पनि सम्झिएन
प्रत्येक प्याराफिटका ईंटा / गारोमा दबिएका
उनका आत्माका क्रन्दनहरू
उनका रोदनका पुकारहरू
सायद उ
र उ जस्तै अरुहरूको लागि
एउटा श्रद्धाको फूल पनि
कसैले वर्षाएन
यतिखेर
न्यायका लागि जति लोलाए पनि
उनीहरूका अदृश्य आँखाहरू
अनन्त मायाले हरिरहेका छन् यो मेला
र शुभकामना चढाइरहेका छन्
मनमोहक
सुनको ट्रफीको लागि
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...