१० साउन २०८३, आइतबार

बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग साझेदारी

मंसिर २३, २०७९
बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग साझेदारी

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ । 

दुई संस्थाबीच भएको सम्झौताअनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौता एक कार्यक्रमबीच बुधबार भएको हो । सम्झौताअनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । 

नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहीअनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । 

सम्झौताअनुसार अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् । बैंकसँगको सम्झौताअनुसार बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ । 

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा बिक्री गर्दै आएको छ । अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रिक भेहिकलमध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो । 

साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा बिक्री शुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख तोकेर बिक्री गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्