०२ असार २०८३, मंगलबार

स्वर्ण पदक विजेता दुर्गादत्त पाठक भन्छन् : पढ्ने बेलामा धेरै नै आनन्दित हुनेगर्छु त्यसैको प्रतिफल हो यो [भिडियाे]

मंसिर २३, २०७९
स्वर्ण पदक विजेता दुर्गादत्त पाठक भन्छन् : पढ्ने बेलामा धेरै नै आनन्दित हुनेगर्छु त्यसैको प्रतिफल हो यो [भिडियाे]

त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६०औँ ग्रेस लिष्टमा समावेश भएका उक्त संख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । 

उक्त समारोहमा व्यवस्थापन संकायमा एमफिल गरेका दुर्गादत्त पाठकले स्वर्ण पदक प्राप्त गरे । ‘यो पदक प्राप्त गर्नु भनेको मेरो मिहिनेतको बाइप्रोडक्ट हो । मैले जहिले पनि डेस्टिनेसनभन्दा पनि जर्नीलाई इन्जोय गर्ने गर्छु । मैले गोल्ड मेडल प्राप्त गरुलाँ भनेर पढेको होइन, तर जहिले पनि म पढ्ने बेलामा धेरै नै आनन्दित हुने गर्छु र यो त्यसैको प्रतिफल मात्र हो’, पाठकले लोकान्तरसँगको कुराकानीमा भने । 

उनले एक प्रसंगमा भने, ‘आवश्यकताअनुसारको शिक्षा हाम्रो देशमा छैन । के–को लागि पढ्ने ? किन पढ्ने ? कुनै गन्तब्य बिना नै विधार्थीहरू अगाडि बढेको देखिन्छ । यसमा सरकारको पनि कुनै चासो देखिँदैन । त्यसैले सरकारले पनि आत्मनिर्भर बनाउने शिक्षामा जोड दिनुपर्छ ।’

समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए । 

salt training

कमेन्ट गर्नुहोस्