बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
मंसिर २५, २०७९
कालीकोट प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट २०४८ र २०५१ को संसदीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवार बनेका थिए । दुवै निर्वाचनमा उनी निकटतम् प्रतिद्वन्द्वी बने ।
२०४८ मा कांग्रेसका तिलकप्रसाद न्यौपाने र २०५१ मा नेकपा (एमाले) का यज्ञराज न्यौपानेसँग झिनो मतान्तरले पराजित भएका थिए । कालीकोट, दैलेख र जुम्लामा तत्कालीन नेमकिपाको संगठन निर्माणमा उनको ठूलो योगदान छ । तर विष्ट भने आफूले दुःख र कष्टसाथ बनाएको संगठन छाडेर २०५२ सालमा कांग्रेस प्रवेश गरे ।
उनलाई तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले सदस्यता प्रदान गरेका थिए, जुन पार्टीले तपाईंलाई दुई–दुई पटक सांसदको टिकट दियो, त्यही पार्टी किन परित्याग गर्नुभयो ? भन्ने प्रश्नमा उनले दुईटा कारण दर्शाए । एउटा तत्कालीन अवस्थामा एकपछि अर्को गर्दै विश्वमा कम्युनिस्ट शासन ढल्दै जानु र लोकतन्त्रको उदय हुनु, अर्को राष्ट्रिय राजनीतिमा नेमकिपाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्नु ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा दैलेख क्षेत्र नं २ (२) बाट एमालेबाट निर्वाचित विनोदकुमार शाह पनि नेमकिपाकै पूर्व नेता हुन् । उनी २०५१ मा दैलेख २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०४८ को निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसका रंगबहादुर शाहीका निकट प्रतिस्पर्धी थिए उनी । २०५२ सालमा शाह सांसद पदसहित एमाले प्रवेश गरे । चीन भ्रमणबाट प्राप्त भत्ताको केही रकम लेबी बुझाउने विषयमा विवाद हुँदा अन्त्यमा उनले पार्टी नै छाड्नुपर्यो । शाहसहित नेमकिपाको ठूलो पंक्ति एमालेमा समाहित भएको थियो ।
२०३८ सालदेखि नेमकिपाको संगठन विस्तारमा लागेका कालीकोटबाट नवनिर्वाचित प्रदेशसभा सदस्य हिक्मत विष्ट बहुदलको पक्षमा लाग्दा प्रशासकले निकै यातना दिएको, झूटा मुद्दा लगाई पटक–पटक थुनेको स्मरण गर्छन् । कालीकोटमा उनीसँगै प्रेमबहादुर सिंह र तुलाराज विष्टले पनि नेमकिपा छाडे । सिंह एमाले प्रवेश गरेर २०५६ मा सांसद निर्वाचित भए भने विष्ट एमालेबाटै राष्ट्रिय सभा सदस्य बनेका थिए ।
दैलेखमा विनोदकुमार शाहसँगै राजबहादुर शाही, सूर्यबहादुर शाही, मणिराम रेग्मी, लक्ष्मी पोखरेल, लोमन शर्मा, रत्नबहादुर खड्का, टेकबहादुर खाँण, हर्कबहादुर शाही (दिवंगत) लगायतले नेमकिपा परित्याग गरेका थिए । रेग्मी कांग्रेस र अन्य नेताहरू एमाले प्रवेश गरे । लामो समय नेमकिपाको केन्द्रीय समितिमा रहेका हर्कबहादुर शाही मोहन वैद्य नेतृत्वको माओवादीमा प्रवेश गरेका थिए ।
कुनै समय नेमकिपाको बर्चस्व रहेको जिल्लामा पर्दछ, जुम्ला । त्यहाँ २०४८ र २०५१ का दुईटै निर्वाचन नेमकिपाले जितेको थियो । २०४८ मा डिल्लीबहादुर महत र २०५१ मा भक्तबहादुर रोकाया निर्वाचित भएका थिए ।
महत एमाले र रोकाया कांग्रेसतिर लागे । एमालेबाट शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री भएका महत दिवंगत भइसकेका छन् भने रोकाया हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । महत र रोकाया लगायतका नेताहरूको बर्हिगमनसँगै जुम्लामा नेमकिपा कमजोर हुँदै गयो । जुम्लामा एमाले, कांग्रेस र माओवादी केन्द्रमा रहेका अधिकांश नेताहरू नेमकिपाकै उत्पादन हुन् ।
पञ्चायतकालमा प्रहरी प्रशासनबाट निकै प्रताडित भएर गाउँ–गाउँमा कम्युनिस्ट पार्टीको संगठन बनाएका नेताहरूले दल त्याग गरेपछि नेमकिपा खुम्चिँदै गयो । २०४८ र २०५१ मा जितेका सिटहरू गुमाउँदै २०५६ मा भक्तपुर १ मा नारायणमान बिजुक्छे (रोहित) ले मात्रै संसद्मा पार्टीको बिउ जोगाए । २०४८ सालदेखि निरन्तर नेमकिपाले जित्दै आएको भक्तपुर १ मा २०७० सम्म अध्यक्ष बिजुक्छेले पाँचपटक चुनाव जिते ।
२०७४ यता त्यस क्षेत्रबाट बिजुक्छेले प्रेम सुवाललाई उम्मेदवार बनाउँदै आएका छन् । सुवाल पछिल्ला दुईवटै चुनावमा फराकिलो अन्तरले विजयी भएका छन् ।
यसपटक नेमकिपाबाट सुवालसँगै बाग्मती प्रदेशसभामा सुरेन्द्रराज गोसाईं निर्वाचित भएका छन् । साबिकको भेरी र कर्णालीमा राम्रो प्रभाव रहेको उक्त पार्टी अहिले भक्तपुरमा मात्र सीमित बन्न पुगेको छ । समानुपातिक मतमा देशभरबाट नेमकिपाले २०७४ मा ५६ हजार १४१ तथा २०७९ मा ७५ हजार १६८ मत प्राप्त गर्यो । जुन प्रतिनिधिसभाका लागि ३ प्रतिशत थ्रेसहोल्डभन्दा निकै कम हो ।
साबिक भेरी–कर्णाली क्षेत्रका विकट गाउँ–बस्तीमा हँसिया हथौडा झण्डा फहराउने, कम्युनिस्ट पार्टीको बिजारोपण गर्ने श्रेय नेमकिपालाई नै जान्छ ।
क्रान्तिकारी विद्यार्थी संगठन र मजदुर किसान संघको एकीकरणबाट २०३१ माघमा नेपाल मजदुर किसान संघका रूपमा यो दल स्थापना भएको हो ।
पञ्चायती व्यवस्थामा यस क्षेत्रमा कम्युनिस्ट पार्टीको बिजारोपण नेमकिपाले नै गरेको हो ।
स्थानीय र प्रदेशमा के छ अवस्था ?
कर्णाली प्रदेशमा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा यो पार्टी केही वडामा सीमित बनेको छ । सुर्खेतका ९९ मध्ये एउटै वडा जित्न सकेन । दैलेखमा २०७४ र २०७९ मा तीन/तीन वडा जित्न सफल भयो । पश्चिम दैलेखमा पर्ने चामुण्डा बिन्द्रासैनी नगरपालिका र आठबिस नगरपालिकामा केही वडा जितेर पार्टीको अस्तित्व जोगाएको छ ।
कालीकोटमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा तिलागुफा नगरपालिकाका दुई र शुभकालिका गाउँपालिका एक गरी तीन वडामा नेमकिपाले वडाध्यक्ष जितेको छ । २०७४ मा तिलागुफाकै चार वडा जितेको थियो । २०७४ को निर्वाचनमा जुम्लामा २ वडा जितेको नेमकिपा यसपटकको स्थानीय निर्वाचनमा एक वडामा सीमित हुन पुगेको छ ।
प्रदेशसभा निर्वाचनमा पनि नेमकिपाले उपस्थिति देखाउन सकेन । प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेको नेमकिपाले समानुपातिकका दुईटै निर्वाचनमा थ्रेसहोल्ड कटाए पनि सांसद चुनिन आवश्यक मतभार पुर्याउन सकेन ।
२०७४ मा कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ ९ हजार ७७८ र यसपल्ट ८ हजार ९९३ मत ल्यायो । मतभार नपुग्दा यसपटक पनि नेमकिपाले प्रदेशसभामा सांसद पाएन ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा बाग्मती प्रदेशपछि कर्णाली प्रदेशमै नेमकिपाको बढी भोट छ । निर्वाचन आयोगका अनुसार नेमकिपाले बाग्मती प्रदेशसभामा ६८ हजार ८२२ र कर्णाली प्रदेशसभामा ८ हजार ९९३ समानुपातिक मत पाएको छ ।
त्यस्तै प्रदेश १ मा एक हजार ८८२, मधेश प्रदेशमा २ हजार ७४६, गण्डकीमा ५०६, लुम्बिनीमा एक हजार ६५९ र सुदूरपश्चिम प्रदेशमा एक हजार २३३ मत पाएको छ । सांगठनिक सघनताको दृष्टिले नेमकिपा अहिले पनि काठमाडौं उपत्यकापछि कर्णाली प्रदेशमा अस्तित्वमा देखिन्छ ।
पछुताउनुपर्ने कारण छैन– केन्द्रीय सदस्य विक
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिं विक सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने शक्तिहरूको ‘फुटाऊ र राज गर’ भन्ने सिद्धान्तका कारण पार्टीमा केही क्षति पुगेको बताउँछन् । ‘साम्यवाद स्थापनाको बाटो कठिन छ । सबै मानिसले कठिन यात्रा गर्न सक्दैनन्,’ उनी भन्छन्, ‘जो साम्यवाद स्थापनाको बाटोमा थाक्छन्, उनीहरू अरू पार्टीमा लाग्छन्, यसले हाम्रो गन्तव्यमा केही फरक पार्दैन, किनकी असली कम्युनिस्ट हामी नै हो ।’
विकट पहाडका कुना कन्दराहरूमा पञ्चायती व्यवस्थाविरुद्ध अर्थात प्रजातन्त्रको लडाईं लड्दा नेमकिपाभन्दा ठूलो कुनै पार्टी नभएको उनको दाबी छ ।
‘पार्टी सांगठनिक सिद्धान्त, विचार, कार्यनीतिका सवालमा च्यूत भएको छैन,” लामो समय केन्द्रीय समितिमा रहेका दैलेख निवासी विक भन्छन्, ‘व्यक्तिगत स्वार्थका लागि पार्टी छाड्नेहरूबाट हामी पछुताउनुपर्ने कुनै कारण छैन ।’
‘नेमकिपा समय सापेक्ष चलेन’
मध्यपश्चिम विश्वविद्यालय राजनीतिशास्त्रका सह–प्राध्यापक डा. अर्जुनबहादुर अयडीले समयसापेक्ष विचार, सिद्धान्त र कार्यनीति परिमार्जन गर्न नसक्दा नेमकिपा खुम्चिँदै गएको बताउँछन् ।
‘पछिल्लो समय सबै राजनीतिक दलहरू आफ्ना विचार, सिद्धान्तबाट विचलित हुँदै आइरहेका छन् । सबै पार्टीको अवस्था उही छ, तर अरू पार्टी समयसापेक्ष बदलिँदै आएका छन्,’ उनी भन्छन्, ‘सिद्धान्तलाई व्यवहार अनुकूल जसले चलाउन सक्छ, ती दल टिक्ने अवस्था रहन्छ ।’
सह–प्राध्यापक अयडीका अनुसार पार्टी कठोर सैद्धान्तिक अडानमा कायमै रहनु, सत्ताको अवसरबाट टाढै रहँदा कार्यकर्ता संरक्षण नहुनु, पार्टी नेतृत्व भक्तपुर केन्द्रित हुनु, सबै तहको नेतृत्वमा नयाँ पुस्ताले अवसर नपाउनु जस्ता कारण कर्णाली प्रदेशमा नेमकिपा कमजोर बन्न पुगेको हो ।
वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही पनि विश्व राजनीति र नेपालको माटो सुहाउँदो राजनीतिक कार्यदिशा अपनाउन नसक्दा नेमकिपा इतिहासमै सीमित बन्न पुगेको बताउँछन् ।
‘स्वाभाविक रूपमा मानिसको जात नै सत्तापेक्षी हुन्छ । नेमकिपाको हकमा त्यो लागू भएन, पटक–पटकका मिलीजुली सरकारमा पनि अरू पार्टीले रोहितजीहरूलाई आउन भनेकै हुन्, तर उनीहरू गएनन् । सत्ता नजाँदा नेता/कार्यकर्ताहरू टिक्न सकेनन्,’ उनी भन्छन्, ‘संसदीय व्यवस्था मान्ने हो, चुनाव लड्ने हो भने जितेपछि सत्तामा नगई सुख छैन ।’
वरिष्ठ अधिवक्ता शाही निर्वाचन जित्न पार्टी र व्यक्ति पपुलर हुनुपर्ने, समयसापेक्ष विचार, सिद्धान्त अवलम्बन गर्नुपर्ने र सत्तामा गएर जनताको सेवा गर्नुपर्ने बताउँछन् । नेमकिपा यी कुरामा पछाडि रहँदा उसको विचार, संगठन र कार्यनीति अहिलेको संसदीय व्यवस्थामा असफलजस्तै बनेको उनको टिप्पणी छ ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...