१० साउन २०८३, आइतबार

एनसीसी बैंकको विशेष साधारण सभा : कुमारी बैंकसँग गाभिने प्रस्ताव पारित

मंसिर २५, २०७९
एनसीसी बैंकको विशेष साधारण सभा : कुमारी बैंकसँग गाभिने प्रस्ताव पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज (आइतवार) काठमाडौंमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा भएको विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने (मर्जर) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ । 

विशेष प्रस्तावअन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको शेयर स्वाप अनुपात १ः१ पारित गरेको छ । एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जर सम्बन्धी समझदारी पत्र संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गरेको छ । 

एक आपसमा गाँभिने सम्बन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत अनुमोदन गरिएको छ । 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड हाल ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्