
नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्षजस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ । हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो त छन् नै, त्यसका साथै यो जाडो मौसममा पर्याप्त न्यानो पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।
यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिने र यसमा दुई वा सोभन्दा बढी पावर सेट पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
हिमस्टारका हिटरहरू २ हजार ३९० रुपैयाँदेखि ४ हजार ४० रुपैयाँसम्म मूल्यमा उपलब्ध रहेको छ ।
विगत वर्षदेखि विश्वसनीय कम्पनीको रूपमा स्थापित हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूका लागि उत्पादनदेखि बिक्रीपछिको सेवासम्म निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।