
नेपालकै सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सीजीले हालै आफ्ना घरायसी सामाग्रीहरूमा धेरैभन्दा धेरै प्रोडक्ट लाइनअपहरू थप गरी नेपाली बजारमा ल्याएको छ । जसअन्तर्गत वाल माउण्ट एयर कण्डिसनर (एसी)मा १.०, १.५ र २.० टनमा नयाँ एसीहरू थप गरिएको छ । यी एसीहरूमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने, अटो रि इस्र्टाट, डि–ह्युमिडिकेसन फङसन, अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरूजस्ता यसको प्रमुख विशेषताहरू रहेका छन् ।
त्यस्तै टिभीमा ५५ इन्च र ६५ इन्चमा नयाँ मोडलहरू थप गरी ल्याएको छ । यी टिभीहरूमा गुगल सर्टिफाईड एन्ड्रोइड ११ सिस्टम रहेका छन् । यी टिभीहरू बेजल लेस र धेरै पातलो स्वरुप भएको कारण निकै नै आकर्षक देखिन्छन् । यसको पिक्चर क्वालिटी र साउण्डमा डल्बी डिजिटल प्लस, स्टेरियो स्पिकर तथा टुबे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदमै राम्रो सुनिन्छ ।
आफ्नो स्मार्ट टिभी सेक्सनमा पनि सीजीले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टीभीहरूको लाइनअप थप गरेको छ ।
सिंगल डोर फ्रिजहरूमा पनि सीजीले २ वटा नयाँ थप फ्रिजहरू ल्याएको छ । यो फ्रिजहरू आकर्षक कलर र डिजाइनमा उपलब्ध छन् । एन्टी–बि टेक्नोलोजी, ठूलो भेजिटेबल ट्रे तथा लो भोल्टेज स्र्टाटप यसको प्रमुख विशेषता रहेका छन् । यो फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेण्टी पनि पाइन्छ ।
त्यस्तै, अर्को प्रोडक्ट माइक्रोवेभ ओभनमा पनि सोलो सेक्सनमा एउटा नयाँ अकर्षक, फुलबुट्टे बुट्टाले सुशोजित २० लिटरको क्षमतामा नयाँ ओभन थप गरिएको छ । यो ओभनमा मल्टीपल पावर टेक्नोलोजी, ग्लास टर्न टेबल तथा डिफ्रोस्ट फङसनहरूजस्ता विषशेताहरू रहेका छन्
त्यस्तै सीजीले आफ्ना साना घरायसी सामाग्रीहरूमा पनि नयाँ मोडलहरू थप गरेको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ÷इलेक्ट्रोनिक कुिलङ थप गरेको छ । यो डिस्पेन्सर सीजीको आफ्नै प्रिमियम प्रोडक्टहरूको सेग्मेन्ट, सीजी मेरिडियाअन्तर्गत पर्दछ । यसमा पानी आउने तीन वटा छुट्टा–छुट्टै धाराहरू रहेका छन् । जसमा नर्मल, तातो र चिसो पानी आउने गर्दछ । यो डिस्पेन्सरमा एलईडी इन्डिकेटर लाइट रहेको छ । जसले गर्दा पावर, हिटिङ, कुलङ र पानी रहेको वा नरहेको संकेत गर्दछ । यो बटमलोड वाटर डिस्पेन्सर भएको कारण अब ठूला–ठूला पानीका बोतलहरू उचालेर राख्ने झनझटबाट मुक्त हुनेछ ।