०३ असार २०८३, बुधबार

विषालु रक्सी पिएपछि भारतको विहारमा ३६ को मृत्यु

पुस २, २०७९
विषालु रक्सी पिएपछि भारतको विहारमा ३६ को मृत्यु

भारत बिहारको सारणमा रक्सी पिएर मर्नेको संख्या ३६ पुगेको छ । अस्पतालले जनाएअनुसार अहिलेसम्म छपरामा ३३ र पटनाका पीएमसीएचमा रेफर गरिएका तीन विरामीको पनि निधन भएको छ । त्यस्तै, इशुआपुर र फोजी नामक स्थानमा जम्मा ७ विरामी फेला परेका छन् । उनीहरु रक्सी पिएर विरामी भएपछि घरमै उपचार गराइरहेका थिए । 

मानिस विरामी परेको खवर पाएपछि सिविल सर्जनका समूहहरु घरमै गएर चेकजाँच गरिरहेका छन् । सर्वसाधारणलाई रक्सी नपिउन आग्रह गरेका छन् । विहारमा यसअघि पनि रक्सी पिएर मानिस मरेका घटना भए पनि यो संख्यामा मरेका थिएनन् । विहारमा रक्सी पिउन सरकारले बन्देज लगाएको छ तर मानिसहरु लुकीछिपी पिउने गरेका छन् । 

विहारका मुख्यमन्त्री तेजस्वी यादवका अनुसार विहारमा रक्सी सेवा बन्द गरिए पनि लुकिछिपी उत्तर प्रदेश र हरियाणाबाट ल्याउने गरिएको छ । सरकारले यसको कडा चेकजाँच गर्नुपर्ने तर नगरेको स्थानीयको गुनासो छ । 

मान्छे मरेको घटना बाहिरिएपछि भारतीय प्रहरीले रक्सी बनाउनेको पहिचान गर्ने प्रयास गरेको छ । अहिलेसम्म शंकास्पद २१३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म पाँच हजार १७९ लिटर स्थानीय रक्सी बरामद गरेको जनाएको छ । विरामीको उपचार जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्