३० असार २०८३, मंगलबार

शोभित बस्नेतले ‘जय हो’ फिल्मका लागि गरे निर्देशक फाइनल

शोभित बस्नेतले ‘जय हो’ फिल्मका लागि गरे निर्देशक फाइनल

निर्माता एवं निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’मा निर्देशक फाइनल भएका छन् । चलचित्रलाई टेक पौरखी राईले निर्देशन गर्ने भएका हुन् । 

सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस् र निर्देशक राईबीच लिखित सम्झौता भएको छ । ‘जय हो’मा सलोन बस्नेतको मुख्य भूमिका रहनेछ ।

निर्देशक राई एक कुशल चित्रकार हुन् । उनले कोरेका चित्र/तस्वीरहरु विश्वव्यापी रुपमा बिक्री हुने गरेका छन् । 

माघ अन्तिम सातादेखि छायांकनमा जाने चलचित्रलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ । ​

सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।

एक्सन र लभस्टोरी चलचित्रमा सागर आले मगरले संगीत भर्नेछन् । सागर ’नेपाल आइडल – सिजन १’का थर्ड रनरअप हुन् । ‘जय हो’मा राज के अधिकारी र सुरज सरकारको लगानी रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्