१२ असार २०८३, शुक्रबार

टिसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

टिसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

टिसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो । यो चार दशकमा टिसीएल, चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत शृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखको रूपमा विकसित भएको छ । अहिले टिसीएलको उपस्थिति विश्वको १६० भन्दा बढी देशहरूमा छ ।

टिसीएलको आफ्नै म्यानुफ्याक्चरिङ र रिसर्च एन्ड डेभेलप्मेन्ट सेन्टरहरू विश्वभर छरिएर रहेका छन् । टिसीएल सन् २०१२मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएलले भित्र्याएको हो । अहिले नेपालको घरेलु इलेक्ट्रिक उपकरणमा ठूलो बजार हिस्सा ओगटेको छ । 

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसीएलका टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन, एअर कन्डिसनर, चेस्ट फ्रीजर, वाटर डिस्पेन्सर र साउन्डबार जस्ता उत्पादनहरू नेपालमा उपलब्ध छन् । हालै सिजी इलेक्ट्रोनिक्सले नेपालमा एसेम्बली प्लान्ट पनि शुरु गरेको छ, जसले गर्दा टिसीएलका उत्पादनहरूको लागत घट्न मद्दत पुगेको छ । साथै यसले नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको छ र नेपाली ग्राहकले गुणस्तरीय सेवासहित उत्पादनहरू सुपथ मूल्यमा पाएका छन् ।

हालै नेपालको बजार अध्ययन र बजार विस्तारको लागि टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स(लिउ रेन)ले नेपाली बजारको भ्रमण गरेका छन् । टिसीएल टिमले काठमाडौं टङाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमहरूका साथै बिभिन्न डिलर सपहरूको भ्रमण गरेका छन् । 

सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार, ‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टिसीएलका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । र चौधरी समूहसँगको हाम्रो लामो सहकार्यको अनुभवले र यो भ्रमणले हामीलाई नेपालमा सेवा अझ ब्यापक रुपमा विस्तार गर्न प्रोत्साहित गरेको छ ।’ ग्राहकहरूलाई उच्चस्तरीय अनुभव प्रदान गर्न चाँडै नै टिसीएलका विशेष शोरुमहरू र कन्सेप्ट कर्नरहरू नेपालभर विस्तार गर्ने टिसीएलको भावी योजना पनि रहेको छ । 

सिजी ईलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको ‘फुटबल हङ्गामा’ योजना हालसम्म कायमै राखेको छ । टिसीएल अन्तर्राष्ट्रिय ब्राजिलियन फूटबल टिमको आधिकारिक प्रायोजक पनि हो । 

कम्पनीले टिसीएलका उत्पादनहरूमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । कम्पनीले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टङ्गाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे–राधे, रविभवन, किर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्