विश्वकप फाइनलमा अर्जेन्टिना विजयी भएपछि त्यहाँकी एक महिलाले निर्वस्त्र भएर खुशियाली मनाएको भिडियो सार्वजनिक भएको छ ।
त्यसअघि आइतवार लुसेल स्टेडियममा दुईजना अर्जेन्टिनी महिलाहरू कम्मरमाथिको सबै लुगा खोलेर पूरै नांगिएका थिए । कतार सरकारले महिला वा पुरुष कसैलाई पनि नांगिन नपाउने भनी नियम बताएको भए पनि उनीहरूले टेरपुच्छर लगाएका थिएनन् ।
ती दुई महिला मिलु र नोए नामक गरेका मोडल भएको बताइएको छ । उनीहरूले आफ्नो स्तनमा पेन्टिङ गरेका थिए र त्यही देखाउनका लागि नांगिएको बताइएको छ ।
ती महिलाहरूलाई पक्राउ गरिएको हुन सक्ने डर थियो तर नोएले आफूहरू स्वतन्त्र रहेको र अर्जेन्टिना जान विमान चढेको तस्वीर सामाजिक सञ्जालमा राखेकी थिइन् ।
अर्जेन्टिनामा पनि विश्वकप जीतको खुशियाली मनाउने क्रममा एक महिलाले निर्वस्त्र भएर फोटो तथा भिडियो खिचाएकी छन् । उनले यसमार्फत कतारलाई सन्देश दिएको बताइएको छ ।
सन् २०१० मा अर्जेन्टिनाका महान् खेलाडी तथा तत्कालीन टीमका प्रशिक्षक डिएगो म्याराडोनाले आफ्नो टोली विश्वविजेता भएमा राजधानी ब्युनस आयर्सको ओबेलिस्क क्षेत्रमा नांगै दौडिने बताएका थिए । त्यसैको सम्झनामा ती महिलाले चश्मा मात्र लगाएर उत्तेजक नृत्य गरेको बताइएको छ ।