×

NMB BANK
NIC ASIA

पौष कृष्ण औंसीका दिन गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

पुस ८, २०७९

NTC
फाइल फोटो
Premier Steels

प्रत्येक वर्ष पौष कृष्ण औंसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न शुक्रवार बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।

Muktinath Bank

प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औंसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट गोकर्णेश्वर उत्तरगया धाम क्षेत्रमा भक्तजन आएका छन् । बिहान ६ बजेदेखि नै भक्तजन गोकर्णेश्वर क्षेत्रमा पितृका नाममा श्राद्ध गर्न आउन थालेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्दिर क्षेत्रमा पितृका नाममा श्राद्ध, तर्पण एवं सिदादान गर्न आउने भक्तजनका लागि समितिले विशेष व्यवस्था गरेको जनाइएको छ । भक्तजनको भीडका कारण अहिले जोरपाटीबाट माथि जाने सडक जाम भएको छ । दक्षिणायनको अन्तिम औंसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औंसीमा श्राद्ध गर्ने परम्परा छ ।  


Advertisment
Nabil box
Kumari

सौरमास अनुसार माघे संक्रान्तिदेखि र चान्द्रमास अनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरू हुन्छ । उत्तरायण शुरू हुनुअघिको औंसी अर्थात् पौष कृष्ण औंसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ ।

Vianet communication

यसै आधारमा शुक्रवार राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको संगमस्थित वेत्रावती लगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका ३ पुस्ता र मामाघर तिरका ३ पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रूपमा गर्नुपर्ने दिन पौष कृष्ण औंसी हो तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीष्ठका पूर्व सहप्राध्यापक श्रीराम सापकोटा बताउँछन् ।

‘महालय परपक्ष र पितृ पक्षसमेत भनिने सोह्र श्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघर तिरका ३/३ पुस्तालाई गरी ६ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ,’ उनले भने । 

श्राद्ध भनेको श्रद्धा हो । शास्त्र अनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिएपनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तोमात्र भई विधि नपुग्ने गरेको धर्मशास्त्रविद्को तर्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x