१४ असार २०८३, आइतबार

आउटरिचले भारतमा रच्यो इतिहास, जित्यो फ्लेम अवार्डस् एशिया २०२२ मा सर्वाधिक अवार्ड

आउटरिचले भारतमा रच्यो इतिहास, जित्यो फ्लेम अवार्डस् एशिया २०२२ मा सर्वाधिक अवार्ड

आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशियाअन्तर्गतको अवार्डमा फ्लेम अवार्डस एशिया २०२२ को ११ स्वर्ण र १ रजत अवार्ड हात पार्न सफल भएको छ । रुरल मार्केटिङ एसोशिएसन अफ इन्डियाको १२औँ संस्करणको मुख्य कार्यक्रम फ्लेम अवार्डस् एशिया २०२२ को आयोजना नयाँ दिल्लीस्थित ताज भिभान्तमा डिसेम्बर १७ तारिखमा गरिएको थियो ।

यस संस्करणको निर्णायक मण्डलको अध्यक्षता म्याडिसन वल्र्डका संस्थापक अध्यक्ष साम बल्साराले गरेका थिए । निर्णायक मण्डलका अन्य सदस्यहरूमा व्यवसायिक घरानाका अग्रणीहरू, ब्राण्ड संरक्षकहरू, बजार प्रवद्र्धकहरू, सञ्चार÷विज्ञापन क्षेत्रका दक्ष विज्ञहरू र सम्बद्ध क्षेत्रका जानकारहरू रहेको थियो । अन्स्र्ट एण्ड योङद्वारा एन्ट्रीहरूलाई आधिकारिक रुपमा तालिकाबद्ध गरिएको थियो ।

लेमनले १ स्वर्ण, १ रजत र १ काँस्य अवार्ड जित्न सफल भएको छ भने डिजिटल इनले ३ रजत अवार्ड जितेकोे छ । त्यसैगरी अन्य भारतीय एजेन्सीहरूले पनि विभिन्न अवार्डहरू जित्न सफल भए । 

सन् २००६ मा स्थापना भएको फ्लेम अवार्डस्ले भारत र एशियामा अभ्यास गरिएका उत्कृष्ट बजारीकरण र सञ्चार क्षेत्रका परियोजनाहरूलाई सम्मान प्रदान गर्ने गर्दछ । फ्लेम अवार्डस् एशिया आज सबैभन्दा प्रतिष्ठित पुरस्कारहरू मध्येको एक भइसकेको छ ।

आयोजक संस्था रुरल मार्केटिङ एसोशिएसन अफ इन्डिया ग्रामीण बजारीकरणलाई सृदृढ गर्न र अघि बढाउन समर्पित एक संस्था हो । 

salt training

कमेन्ट गर्नुहोस्