०७ असार २०८३, आइतबार

अत्यधिक जाडोले अमेरिका र क्यानडामा ३८ ले ज्यान गुमाए

पुस १२, २०७९
अत्यधिक जाडोले अमेरिका र क्यानडामा ३८ ले ज्यान गुमाए

उत्तर अमेरिकी महादेशको अधिकांश भूभागमा अत्यधिक जाडोले ३८ जनाको ज्यान गएको छ । उत्तरी आर्कटिक क्षेत्रबाट आएको चिसोले त्यहाँको जनजीवन प्रभावित बनाएको सञ्चार माध्यमले जनाएका छन् । अमेरिकामा मात्र ३४ जनाको ज्यान गएको बताइएको छ । 

क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिँदा चार जनाको ज्यान गएको छ। चिसो आँधीजस्तो अवस्थाले क्यानडादेखि लिएर दक्षिणमा रियो ग्रान्डेसम्म गाँजेको बताइएको छ। ठूलो सङ्ख्यामा मानिसहरू बिजुलीविना घरमै फसिरहेका छन् । चिसोका कारण संयौं उडान प्रभावित हुँदा मानिसहरु सुरक्षित ठाउँमा जान सकेका छैनन् । 

मौसम पूर्वानुमानकर्ताहरूले केही दिनमा अवस्था अलि सहज हुने बताएका छन् । चिसो हुरीका कारण कैयन् ठाउँमा बिजुली अवरुद्ध भएका छन् । यदपि विजुली जडानको प्रयास भइरहेको बताइन्छ ।

केही दिन अगाडि १७ लाख मानिस बिजुलीविना बस्न वाध्य भएकोमा अब त्यो सङ्ख्या २ लाखमा झरेको समाचार संस्थाले जनाएको छ। क्रिसमस पर्वको बेला आफ्ना घर परिवार भेट्न आतुर धेरै मानिसहरूलाई उडान प्रभावित भएपछि अप्ठेरो परेको थियो । न्यूयोर्क राज्यकी गभर्नर केथी होचल बफेलो शहरकी बासिन्दा हुन्। “बफेलोकोनिम्ति यो इतिहासकै विनाशकारी आँधी बन्यो । युद्ध भूमिमा गएजस्तो भएको छ,” उनले सञ्चार माध्यममा भनिन् । 

त्यहाँका मानिसहरूलाई अवस्था खतरनाक भएकाले घरभित्रै बस्न भनिएको छ । अमेरिकाको पश्चिमी राज्य मोन्टानामा तापक्रम झरेर माइनस ४५ डिग्री सेल्सियसमा पुगेको छ । क्यानडामा ओन्टारियो र क्युबेक प्रान्तमा धेरै प्रभाव परेको छ। क्युबेकमा १ लाख २० हजार घरमा बिजुली अवरुद्ध भएको बताइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्