१२ साउन २०८३, मंगलबार

१०२ बच्चाका पिताले दिए परिवार नियोजन गर्न सुझाव

पुस १३, २०७९
१०२ बच्चाका पिताले दिए परिवार नियोजन गर्न सुझाव

युगाण्डाका ६७ वर्षीय एक जना पिताले १०२ बच्चा जन्माएपछि आफ्ना श्रीमतीहरुलाई गर्भ निरोधक चक्की खान सुझाव दिएका छन् । उनीसँग अहिले १२ जना श्रीमती छन् ।

५६८ नातिनातिनाका हजुरबुवा बनेका मूसा हसाह्या नामका ती व्यक्तिले धेरै श्रीमती नराख्न अरुलाई सुझाव दिएका छन्  । धेरै श्रीमती हुँदा विभिन्न समस्या आउने भन्दै उनले धेरै श्रीमती राख्नेहरुलाई बढीमा चार श्रीमतीसम्म राख्न सुझाएका छन् । उनले पहिलो पटक १६ वर्षको उमेरमा विवाह गरेको बताएका छन् ।

सन् १९७१ मा उनले पहिलो विवाह हनिफासँग गरेका थिए । दुई वर्षपछि उनको पहिलो सन्तानको रुपमा छोरीले जन्म लिएकी थिइन् । आफू जग्गा जमिन र श्रीसम्पत्तिले सम्पन्न भएकाले धेरैलाई पाल्न सक्ने भनेरै धेरै श्रीमती विवाह गरेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले उनी आफ्नो श्रीमतीहरुलाई गर्भ निरोधक चक्की लिन सुझाव दिएका छन् । धेरै सन्तान भएकाले शिक्षा दिक्षाका लागि धेरै संघर्ष गर्नुपरेको उनले चिन्ता व्यक्त गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्