
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ९ अर्ब ५५ करोड ३९ लाख ०९ हजार १९८ रुपैयाँ ८९ पैसाको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८÷७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।
यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ९७.२९ अर्ब र कर्जा रकम रु. ८७.४५ अर्ब परिचालन गरी रु. ३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।