०१ असार २०८३, सोमबार

भारतीय सञ्चारमाध्यमको दाबी– सुनिल सेट्टीले उद्धार गरेका यौनकर्मीमध्ये १२८ जना नेपाली

भारतीय सञ्चारमाध्यमको दाबी– सुनिल सेट्टीले उद्धार गरेका यौनकर्मीमध्ये १२८ जना नेपाली

बलिउड स्टारहरू प्रायःले परोपकारका काम गरेको देखिन्छ । तर ‘लाइमलाइट’बाट टाढै रहने सुनिल शेट्टीले वर्षौंअघि यस्तो महान कार्य गरे जसको बारेमा आजसम्म कसैलाई थाहा थिएन । सुनिल शेट्टीले धेरै वर्षअघि ४५० यौनकर्मी महिलाहरू उद्धार गरेका थिए । त्यसमध्ये १२८ जना नेपाली महिलाहरू रहेको भारतीय सञ्चारमाध्यम जनसत्ताले दाबी गरेको छ । समाचारमा जनाइएअनुसार ती महिलाहरू हाल सर्वसाधारणको जस्तै जीवन बिताइरहेका छन् ।

जानकारी अनुसार सन् १९९६ मा मुम्बई नजिकैको कामाठीपुराबाट ४५० महिलालाई वेश्यावृत्तिमा लगिएको थियो । यो त्यही कामाठीपुरा हो, जसलाई आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ मा देखाइएको छ । यो क्षेत्र वेश्यावृत्तिको लागि प्रसिद्ध छ । कामाठीपुराको यो दलदलबाट निकालिएका ४५० यौनकर्मीमध्ये १२८ नेपाली युवती रहेको जसलाई भारतीय सरकारले अस्वीकार गरेको समाचारमा दाबी गरिएको छ । 

समाचारमा जनाइएअनुसार त्यसबेला सुनिल शेट्टी ती असहाय केटीहरूलाई मद्दत गर्न अगाडि आए । उनले ती यौनकर्मीलाई टिकट दिएर नेपाल फिर्ता पठाउने मात्रै गरेनन्, उनीहरू सुरक्षित रूपमा घर पुग्ने पनि सुनिश्चित गरे ।

त्यसबेला सुनील शेट्टीले यो गोप्य राख्नु उचित ठानेका थिए । उनले अन्तर्वार्तामा यसको श्रेय लिन पनि अस्वीकार गरे । ती महिलाहरूलाई बचाउन धेरै मानिसको मिहिनेत भएको उनको विश्वास छ । यसबाहेक उनले यस विषयमा फिल्म बनाउन सकिने बताएका थिए ।

सोनु सूदकाे पराेपकारी काम

सबैले याद गर्नेछन् कि बलिउड अभिनेता सोनू सूदले कठिन समयमा यस्तो काम गरेका थिए, जसका लागि मानिसहरूले उनलाई ‘गरिबहरूको मसीहा’ भन्न थाले । कोभिड महामारीको समयमा लकडाउनका कारण शहरमा फसेका प्रवासी मजदुरलाई सहयोग गरेर सोनुले सबैको मन जिते । उसले आफ्नै पैसाले हजारौं मानिसहरूलाई घरमा पु¥याएका थिए । 

त्यसयता ट्वीटरमा धेरैले सोनु सूदलाई आफ्नो समस्या सुनाएर सहयोगको अपिल गरिरहेका छन् । जसलाई सोनू सुदले पूरा गर्ने प्रयास गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्