असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सुगौली सन्धिमा गुमेका पश्चिम नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभागलाई विक्रम संवत् १९१७ मा प्रधानमन्त्री श्री३ जंगबहादुर राणाले फिर्ता ल्याए । फिर्ता आएपछि नयाँ भूमिलाई ‘नयाँ मुलुक’ भन्न थालियो ।
‘नयाँ मुलुक’ नेपालले फिर्ता पाउनुअघिसम्म नेपालगञ्ज शक्तिशाली राज्य अवधको एउटा हिस्सा थियो, जहाँ उर्दू भाषाको जन्म र विकास भयो । त्यही उर्दू भाषा अहिले नेपालगञ्जका सायरहरूको अभिव्यक्तिको माध्यम बन्न पुगेको छ । उर्दू भाषा साहित्यको श्रीवृद्धिमा अनवरत क्रियाशील एक शिखर व्यक्तित्व हुन् अब्दुल लतिफ ‘शौक’ ।
नेपालगञ्जको इदगाह रोडमा पिताकुर्वान अली जसगढ र माताआमना जसगढको कोखबाट १९९५ पुस ८ गते जन्मिएका ‘शौक’को खास नाम लतिफ जसगढ हो । साहित्यमा रुचि भएका कारण उनले युवावयदेखि वास्तविक थरको ठाउँमा ‘शौक’ लेखे । उर्दू भाषामा ‘शौक’को अर्थ ‘पे्रम’ हुन्छ । खासमा उनी सुनचाँदीका कालीगढ हुन् । यो उनको पुर्ख्यौली पेशा हो । नेपालगञ्ज उपमहानगरपालिका–११ बीपीचोकको पूर्वपट्टिको पुर्ख्यौली घरमा बसेर उनी उर्दू सायरीहरू कोर्दै आएका छन् ।
सुनचाँदीको कालीगढको काममा अब्दुल लतिफ नेपालगञ्जका साँघुरा गल्लीभित्र खुम्चिए पनि साहित्यिक कर्ममा भने ‘शौक’ समुन्द्रझै फैलिएका छन् । निरन्तरको साधनाबाट ‘शौक’ नेपालको सबैभन्दा ठूलो उर्दू गजलकारको परिचय बनाउन सफल भएका छन् ।
नेपालगञ्जमा आयोजना हुने हरेक साहित्यिक कार्यक्रमहरू ‘शौक’को गजल विना खल्लो हुन्छन् । उनका गजलहरू स्रोतालाई सुनिरहुँ लाग्छन् । उनी नेपाली, उर्दू, अवधी र हिन्दी भाषामा गजल रच्न र वाचनमा पोख्त भइसकेका छन् । शौक भन्छन्, ‘विशेषगरी उर्दू भाषामै लेख्ने गरेको छु, अन्य बुझ्न सजिलो होला भनेर हिन्दी र नेपाली भाषामा पनि उल्था गर्ने गर्दछु ।’
शौकको मातृभाषा अवधी हो । सायरी उर्दूमा लेख्छन् । ३०० बढी गजल सायरी लेखेर लोकप्रियता आर्जन गरेका उनलाई ‘गजलको बादशाह’ नामले पुकारिन्छ । ५ दशकभन्दा लामो समयदेखि नेपालगञ्जका उर्दू गजलकारहरूको संस्था गुलजार ए अदबको नेतृत्व गर्दै आएका छन् । अवधी सांस्कृतिक प्रतिष्ठान, मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान र भेरी साहित्य समाजमा पनि उनी लामो समय क्रियाशिल रहे । त्यसो त उर्दू गजलको चर्चा गर्दा त्यो चर्चाको ठूलो भाग नेपालगञ्जले ओगट्छ । नेपालगञ्जको उर्दू गजल साहित्यको लामो र जीवन्त परम्परामा शौकको योगदान अग्रस्थानमा छ ।
उनका गजलहरू माया पे्रम, सामाजिक सद्भाव, राष्ट्रिय एकता र हित एवं समृद्धिको अभिव्यक्ति हुन् । पहिलो संविधान सभाले नयाँ संविधान जारी गर्न सकिरहेको थिएन । संविधान जारी गर्न नसकी कार्यकाल सकिनै लागेको थियो, त्यतिबेला उनी गजल कृति ‘महकते जख्म’ (मगमगाइरहेका घाउहरू) प्रकाशनको तयारीमा थिए । ‘कणकणमा म खोजिरहेको छु’ शीर्षकमा नेपालीमा लेखेको गजल यस्तो थियो –
कणकणमा म खोजिरहेछु दाइ ! मेरो नेपालकता छ ?
गाउँशहरमा हेरिरहेछु दाइ ! मेरो नेपाल कता छ ?
अनुहार सबै बेजानै छन्, अरु बाटो पनि अन्जानै छन्
देशैमा परदेशी भएछु दाइ ! मेरो नेपाल कता छ ?
डाँडाकाँडा, खोलानाला सबै सबै त यथावत छन्
आज ‘शौक’ सोधिरहेछ दाइ ! मेरो नेपाल कता छ ?
अचेल उनको स्वास्थ्य कमजोर बन्दै गएको छ । भर्खरै आँखाको शल्यक्रिया गरेका छन् । तैपनि उर्दू सायरीको नशामा लिप्त छन् । प्रतिकूल स्वास्थ्यको पर्वाह नगरी उनी मुशायरा (सायरी र गजल वाचन गर्ने सभा) मा पुग्छन् । तन्नेरी जोशका साथ उर्दूदेखि नेपाली भाषामा गजल सायरीहरू वाचन गर्छन् । सबैबाट पाएको स्याबासीबाट फुर्कंदै उनी घरमा पुग्छन् । उनको ५ दशकयताको दिनचर्या यसरी नै बितिरहेको छ ।
उर्दू भाषाको विस्तार गर्ने उनको रुचि छ । अहिले यो लिपिलोप हुँदै गएको छ । आफ्नै खर्चमा गजल संग्रह छपाउने र वितरण गर्छन् । उनका लफ्जों के मोती (शब्दको मोती) सिसकनेकी सदा (रुने आवाज), ये है मेरी तलाश (उर्दू व्याकरण), मताए शौक (शौकको पुँजी), शारिक रब्दानी मेरी निहाग में प्रकाशित उर्दू गजल संग्रह हुन् । उनका अरु थुपै्र सायरीका डायरीहरू अप्रकाशित छन् । पैसाको अभावले चाहेजति प्रकाशन गर्न सकेका छैनन् ।
नेपालमा उर्दू छपाइको सुविधा छैन । भारत, पाकिस्तानका पत्रपत्रिकामा यहाँका सायरहरूको खासै सम्पर्क छैन । जसले गर्दा नेपालगञ्जको उर्दू गजल चौलिक्कादेखि फुलटेक्रा र बुलबुलियादेखि घरबारी टोलको सेरोफेरोमै रुमल्लिएको छ ।
‘नेपालगञ्जमा मुशायराको वातावरण पहिले जस्तो छैन, नयाँ पुस्तालाई रुचि छैन, मनोरञ्जनका अनेक माध्यमको विकासले उर्दू गजल साहित्यमा पनि प्रभाव परेको छ,’ उनी भन्छन्, ‘हामी शायरहरू चिया पसल, मदरसा, मुसाफिरखाना र कोठे गोष्ठीकै दायरामा मुस्काइरहेका छौं, रमाइरहेका छौं ।’ यद्यपि आमसञ्चार माध्यम र सूचना प्रविधि क्षेत्रमा भएको तीव्र विकासले नेपालगञ्जको उर्दू गजलले भने सानो–ठूलो चर्चा अवश्य पाएको छ । उनी निम्तो पाएमा उर्दू गजल वाचन गर्न काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा पुग्छन् । त्यहाँ पनि उनले थुपै्रपटक सायर वाचन गरिसकेका छन् । त्यस्तै विभिन्न फेस्टिभलहरूमा पुग्छन् ।
‘शौक’का पहिलो गुरु भारतीय गजलकार आरिफ हुन् । उनकै पे्ररणाबाट २०१७ सालदेखि उर्दू गजल कोर्न थालेका हुन् उनी । २०२७ सालमा अर्का गुरु बासिफुल कादरीसँग भेट भयो । वास्तवमा सुनको कालीगढ शौकलाई गजलका शेरमा पोख्त गराएको कादरीले नै हो । २०५५ सालतिर त्रिभुवन विश्वविद्यालय काठमाडौंमा उर्दू भाषा पढाउन प्राध्यापकको रूपमा पाकिस्तानबाट आएका प्रोफेसर अदुल रउफले प्रकाशित गरेको ‘नेपालमें उर्दू सायरी’ भन्ने पुस्तकमा नेपालगञ्जका उर्दू गजललाई पनि ठाउँ दिए । त्यसमा समेटिएको शौकको गजलको अंश यस्तो छ –
कोई दुस्मन तो नहीँ दोस्त के घर से पहले
ये ख्याल आया कई बार सफर से पहले ।
कौन कहता है कि पत्थर का कोइ मोल नही ?
तुम तराशो तो उसे दस्ते हनुर से पहले ।
वरिष्ठ उर्दू गजलकार ‘शौक’ले नेपाल प्रज्ञा प्रतिष्ठान (उर्दू मातृभाषा) पुरस्कार, उर्दू एकेडेमी नेपाल सम्मान, मध्यपश्चिमाञ्जल गजल प्रतिष्ठान, भेरी साहित्य समाज, पे्रमप्रकाश मल्ल मधुकर पुरस्कार लगायतका विभिन्न संस्थाबाट सम्मानित भइसकेका छन् । उर्दू गजल क्षेत्रमा आदरका साथ लिइने नाम हो, अब्दुल लतिफ शौक । नेपालको अल्पसंख्यक जातिका शिखर हस्ताक्षर ‘शौक’ नेपालगञ्जको परिचय हुन् । उनको गजलबाट प्रभावित हुनेहरू अनेकौं नामले पुर्काछन् । उनकै सम्मानमा स्व. पे्रमप्रकाश मल्ल ‘मधुकर’ले लेखेका छन् –
हिँडिरहँदा लाग्दछ मानौं गजल हिँडेझैं
क्या गजबको चाल शानदार शौक साहब ।
आभूषणमाथि आकर्षक बुट्टाहरू जस्तै
गजलमा नि लवजहरू तैयार शौक साहब ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...