०४ साउन २०८३, सोमबार

‘ए हो र माया...’ गीत एक महिनामै करोड क्लबमा

‘ए हो र माया...’ गीत एक महिनामै करोड क्लबमा

हिमाल सागर र अनु चौधरीको स्वर रहेको ‘ए हो र माया’ बोलको गीतले युट्युबमा एक करोड भ्युज पाएको छ ।

विमल अधिकारीको शब्द एवं संगीत, कमल सौरागको एरेन्ज रहेको गीत एक महिनाअघि मात्रै सार्वजनिक भएको थियो । 

विमल अधिकारी र सनिशा भट्टराईको अभिनय एवं नृत्य रहेको गीत सार्वजनिक भएसँगै टिकटकमा समेत निकै छाएको थियो । 

यस गीतमा अहिलेसम्म ३७ लाख टिकटक भिडियो बनेको गीतकार एवं मोडल विमल अधिकारी बताउँछन् । 

‘नेपालमा टिकटक र फेसबुक रिलमा आजसम्मको रेकर्ड ब्रेक गरेको छ गीतले । यो माया, यो साथ सदाबहार पाईरहूँ, धन्यवाद सम्पूर्ण दर्शक श्रोताप्रति’ – विमलले फेसबुकमार्फत खुशी साटेका छन् ।

आफ्नो गीतले  छोटो समयमा ​युट्युबमा १ करोड भ्युज पाएसँगै गायक हिमाल सागरले पनि खुशी साटेका छन् ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको यस गीतको भिडियोमा राजेश घिमिरेको छायाँकन एवं विकास ज्ञवालीको सम्पादन छ।

salt training

कमेन्ट गर्नुहोस्