पुस २४, २०७९
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एम...
काठमाडाैं | पुस १८, २०७९
नेपाल विद्युत् प्राधिकरणले पोल प्रयोग गरेवापत लिने भाडामा अस्वभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संस्था (आइस्पान)ले विरोध गरेको छ । आइस्पानले सोमवार पत्रकार सम्मेलन आयोजना गरेरै इन्टरनेटको तारका लागि विद्युत् प्राधिकरणले ६ सय प्रतिशतसम्म भाडा बढाएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
प्राधिकरणले इन्टरनेटको लागि प्रति पोल प्रतिवर्ष गाउँपालिकाको लागि ५० बाट ३५० रुपैयाँ, नगरपालिकामा १०५ बाट ४५० रुपैयाँ र उपमहानगर तथा महानगरको लागि २०५ बाट ७५० रुपैयाँ बताएको छ । भाडावृद्धि २६५ प्रतिशतदेखि ६०० प्रतिशतसम्म भएको भन्दै आइस्पानले विरोध गरेको छ ।
आइस्पानले प्राधिकरणले अत्यावश्यक सेवाअन्तर्गतको इन्टरनेटको लागि पोल भाडा बढाएको, भाडा नतिर्ने सेवाप्रदायकको लाइन काटेर अत्यावश्यक सेवालाई प्रभावित पारेको भन्दै विरोध गरेको छ ।
आइस्पानका अध्यक्ष सुधीर पराजुलीले अस्वभाविक रूपमा बढाएको भाडा फिर्ता लिनुपर्ने माग गरेको बताए । उनले भने ‘राज्यको लागि इन्टरनेट सेवाप्रदायकले गरेको लगानीलाई अप्ठ्यारोमा पार्ने गरी राज्यकै अर्को निकाय लागेको छ । इन्टरनेट सेवाप्रदायकसँग कुनै छलफलबिना नै गरेको यस्तो भाडावृद्धि व्यवहारिक नभएको र आफूहरूलाई अप्ठ्यारो पार्ने गरी बढेकोले फिर्ता हुनुपर्छ ।’
पराजुलीका अनुसार विद्युत् प्राधिकरणले आफूखुशी अचाक्ली भाडा बढाउँदा इन्टरनेट सेवाप्रदायक अप्ठ्यारोमा परेका छन् । प्राधिरकणको यस्तो निर्णयले एकतर्फी भएको आइस्पानको भनाइ छ ।
प्राधिकरणले भाडा बढाएकोले इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ताबाट लिनुपर्ने हुन्छ । उपभोक्तालाई असर पर्ने गरी विद्युत् प्राधिकरणले नयाँ भाडादरमा सम्झौता गर्न दबाब दिइरहेको पनि पराजुलीको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार राज्यले गरेको निर्णय फिर्ता नहुने बरु कार्यान्वयन हुने प्रतिक्रिया दिए । भट्टराइले भने ‘ऊर्जा, सञ्चार, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालयसहितका प्रतिनिधिको बैठकबाट गरेको निर्णय फिर्ता गर्ने भन्ने हुँदैन ।’
इन्टरनेट कम्पनीहरूले प्राधिकरणको पूर्वाधार प्रयोग गरेवापत भाडा तिर्नुपर्छ उनीहरूले पनि जनताबाटै पैसा लिएर सेवा दिएको हुनाले पोल भाडा नतिरी सेवा दिन्छु भन्न नपाउने पनि भट्टराईको बुझाइ छ ।
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एम...
बागलुङको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्य...
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १५ औं वार्षिक साधारणसभा आज बिहीबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्र...
शनिबार (आज) नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकारी वेबसाइटहरू एकै पटक डाउन भएका हुन्। ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरू घुम्ने र नखुल्ने भएका छन्। ...
सूचना प्रविधिको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक आगामी माघ २४ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डमा हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा २८ औं संस्करणको क्यान इन्फोटेक गर्न...
नेपाल टेलिकमले भोलि (२०७९ पुस २८ गते) देखि लागु हुनेगरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरूको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...