३१ जेठ २०८३, आइतबार

पाकिस्तान : फिजिक्सको जाँचमा विद्यार्थीले लेखे गीत (भिडियो)

पुस १९, २०७९
पाकिस्तान : फिजिक्सको जाँचमा विद्यार्थीले लेखे गीत (भिडियो)

पाकिस्तानका एक विद्यार्थीले परीक्षामा लेखेको कुरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

फिजिक्सको जाँचमा ती विद्यार्थीले लेखेको कुरा पढेर चेक गर्ने शिक्षकले भिडियो बनाएका हुन् । 

लगभग डेढ मिनेटको भिडियोमा विद्यार्थीले आन्सर शीटमा गीत अनि त्यसको धुन लेखेको देखिन्छ । 

यस भिडियोलाई गायक अली जफरले पोस्ट गरेका हुन् । पढाइमा ध्यान नदिई मनोरञ्जनमा लिप्त हुने विद्यार्थीहरूलाई उनले ध्यान दिए पढ्न सुझाव दिएका छन् । शिक्षकको सम्मान गर्न पनि उनले भनेका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडियोमा रमाइला टिप्पणी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्