२६ असार २०८३, शुक्रबार

नेपालगञ्जमा एउटै घरका ४ बालबालिकामा दादुरा रोग

नेपालगञ्जमा एउटै घरका ४ बालबालिकामा दादुरा रोग
प्रतिकात्मक तस्वीर

बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका ४ बालबालिकामा दादुरा देखिएको हो ।

५ देखि १२ वर्ष उमेरका ३ बालिका र १ बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशंका गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए ।

लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन र स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएको उनले बताए ।

नेपालले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ । दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठले बताए । सहजै फैलिने दादुराको पुष्टि भएका ती बालबालिका एउटै परिवारको भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिए । उनका अनुसार ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रंगको दाग लगायत लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि बालरोग विशेषज्ञ डा. विनोद खेतान कहाँ लगिएको थियो । 

‘दादुराको जस्तो लक्षण देखिएपछि विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा ५ जनाको रगत परीक्षणका लागि काठमाडौं पठाएका थियौं,’ प्रमुख पौडेलले भने, ‘५ मध्ये ४ जनामा दादुरा संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्