०१ असार २०८३, सोमबार

जमीनको स्वामित्व माग्दै छातीसम्म भुइँमा गाडिए यी व्यक्ति (भिडियो)

चैत ६, २०७९
जमीनको स्वामित्व माग्दै छातीसम्म भुइँमा गाडिए यी व्यक्ति (भिडियो)

भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् । 

सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्ने अड्डी कसेका छन् । 

उनलाई महाराष्ट्र सरकारले तीन वर्षअघि कर्मवीर दादासाहेब गायकवाड सबलीकरण स्वाभिमान कार्यक्रम अन्तर्गत जमीन दिएको थियो । त्यसको लालपुर्जा आफूलाई अहिलेसम्म पनि नदिइएकाले जमीनमा हक जमाउन नपाइएको उनको गुनासो छ । 

उक्त कार्यक्रमअन्तर्गत उनकी आमा र माइजुलाई तीन बिघा जमीन दिइएको थियो । तर लालपुर्जा नपाएकाले उनले आधिकारिक रूपमा त्यसको भोगचलन गर्न पाएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्