
नेपालको पहिलो मोडुल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ प्रा लि ले यही पुस २२ गते देखि फर्निचर मेला आयोजना गर्ने भएको छ ।
घर, बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरू विभिन्न डिजाइनका साथ मेलमा पाइनेछन् । मेला काठमाडौंको सिटी सेन्टर अपोजिट, कमल पोखरीमा पुस २२ गतेदेखि २४ गतेसम्म सन्चालन हुनेछ ।
काठका विभिन्न फर्निचरहरू उपभोक्ताले एकैस्थानबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजक बेटर होम्स फर बेटर लिभिङ प्रालिकी कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन् ।
मेलामा काठका फर्निचरहरूमा आराम्दायी सोफा सेट, क्लासिक बक्स पलङ, सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल दराजलगायतका सामग्री राखिएका छन् ।