१९ असार २०८३, शुक्रबार

कोरोना रोकथामका लागि वीरगञ्जमा पुनः ‘हेल्थ डेस्क’ सञ्चालन

कोरोना रोकथामका लागि वीरगञ्जमा पुनः ‘हेल्थ डेस्क’ सञ्चालन

भारतमा कोरोनाका संक्रमित बिरामीको संख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ ।

ओमिक्रोन बी एफ ७ भेरियन्टबाट संक्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो ।

वीरगन्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मलुकबाट आएकालाई वीरगञ्जको शंकराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट संक्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा. अनिसा महतोले जानकारी दिइन् ।

उनले पुस महिनाको १ गते देखि १९ गतेसम्म ७ हजार ५०० जनाको स्वास्थ्य परीक्षण र १ हजार २७२ जनाको एन्टिजेन टेस्ट गर्दा हालसम्म कोही संक्रमित नभेटिएको बताए । पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेस्ट हुँदै आएकोमा पछिला समय भारतमा संक्रमितको संख्या बढेपछि आवश्यताका आधारमा टेस्टलाई बढाएको उनको भनाइ छ । 

नारायणी अस्पतालले केही पूर्व तयारी गरेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । उनले संक्रमतिलाई राख्न अस्पतालमा रहेको १८ शय्याको एचडीयू, ८ शय्याको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनशक्ति र अक्सिजनको प्रबन्ध मिलाइएको बताए ।

ओमिक्रोन बी एफ ७ हालसम्मकै सबैभन्दा बढी संक्रामक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालाना गर्न सर्वधारणलाई चिकित्सकले सुझाव दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्