०२ असार २०८३, मंगलबार

फ्रान्समा महिला सांसदले राखिन् माग– घरको काम नगर्ने पुरुषलाई पठाइयोस् जेल

पुस २१, २०७९
फ्रान्समा महिला सांसदले राखिन् माग– घरको काम नगर्ने पुरुषलाई पठाइयोस् जेल

फ्रान्सेली संसद्की सदस्य स्यान्ड्रिन रुसोले घरको काम नगर्ने पुरुषहरूलाई कैद सजाय दिनुपर्ने माग गरेकी छन् । 

आफूलाई इको–फेमिनिस्ट भनी चिनाउने रुसको क्रान्तिकारी माग सुनेर फ्रान्सेलीहरू आश्चर्यमा परेका छन् । 

केही दिनअघि उनले फूटबल विश्वकपमा सहभागी फ्रान्सेली टोलीलाई काँतर भनेकी थिइन् । उनीहरूले समलिंगी र तेस्रोलिंगीलाई समर्थन नगरेको भन्दै उनले काँतर भनेकी हुन् । 

कुनै समयमा विद्यार्थी नेत्री रहेकी रुसोले वातावरण तथा महिलासम्बन्धी विषय उठाइरहने गरेकी छन् । उनले विश्व तापक्रम बढ्नुमा पुरुष बढी जिम्मेवार रहेको भन्ने गरेकी छन् । पुरुषहरूले महिलाभन्दा बढी रातो मासु खाने हुनाले उनले यस्तो आरोप लगाएकी हुन् । 

रुसले आफ्ना पतिसँग मिलेर एउटा अनुसन्धान पत्र तयार पारेकी छन् । त्यसमा उनले पुरुषहरू महिलाको तुलनामा ३० प्रतिशत मात्र समय घरको काममा दिने गरेको पाइन् । 

त्यसपछि उनले घरको काममा नसघाउने पुरुषका लागि कैद सजायको माग राख्न थालेकी हुन् । महिलालाई अल्छी हुने अधिकार रहेको भन्दै उनले अभियान पनि चलाएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्