०२ असार २०८३, मंगलबार

बेलायतका राजकुमार ह्यारीले आत्मकथामा गरे अश्लील खुलासा

पुस २४, २०७९
बेलायतका राजकुमार ह्यारीले आत्मकथामा गरे अश्लील खुलासा

बेलायतका राजकुमार ह्यारीले स्पेयर शीर्षकमा लेखेको आत्मकथा प्रकाशन हुनुअघि नै विवादास्पद भइसकेको छ ।

पुस्तकमा ह्यारीले आफू र राजपरिवारका विषयमा विभिन्न खुलासा गरेका छन् । 

अनेकौं खुलासाका सिलसिलामा ह्यारीले फ्रस्टबाइट पेनिसको कुरा पनि झिकेका छन् । दाजु विलियम र केट मिडलटनको विवाह समारोहमा आफू चिसोका कारण घाउ भएएको लिंग लिएर पुगेको उनले पुस्तकमा उल्लेख गरेका छन् । 

अनि जम्मा १७ वर्षको हुँदा आफूले भर्जिनिटी गुमाएको पनि उनले पुस्तकमा लेखेका छन् । 

चिसो मौसममा धेरै बेरसम्म छाला एक्सपोज भएमा फ्रस्टबाइट हुन्छ । चिसोले छालाको बाहिरी पत्र र तलको टिस्युलाई जमाइदिन्छ र घाउ हुन्छ । 

आफू सन् २०११ मा उत्तरी ध्रुवमा जाँदा फ्रस्टबाइटबाट पीडित भएको ह्यारीले लेखेका छन् । अफगानिस्तान युद्धमा घाइते भएका सैनिकहरूसँग आफू उत्तरी ध्रुव गएको उनले लेखे । 

त्यहाँको चिसो मौसममा आफ्नो लिंग जमेर घाउ भएको उनले पुस्तकमा उल्लेख गरेका छन् । 

ह्यारीको यो खुलासापछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई मजाकमा उडाएका छन् । ह्यारीले यसको खुलासा गरेर केही ठूलो काम नगरेको उनीहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्