×

NMB BANK
NIC ASIA

चलचित्रमा पहिलोपटक ‘सोलो’ भूमिकामा जितु, भन्छन् – फेरी एउटा परीक्षामा छु

‘चलचित्रमा मेरो २७/२८ भन्दा घटी टेक कुनै भएन्’

पुस २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता जितु नेपालले थुप्रै टेलिसिरियलसँगै उत्तिकै संख्यामा चलचित्रमा समेत अभिनय गरेका छन् । 

Muktinath Bank

केही चलचित्रमा उनी सानोतिनो भूमिकामा प्रस्तुत छन् भने ‘छ एकान छ’, ‘छक्का पञ्जा’ सिरिजमा उनले शीर्ष भूमिकामै अभिनय गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि, उनले ‘सोलो’ भूमिकामा अभिनय गरेको पहिलो चलचित्र भने ‘ह्यारीकी प्यारी’ हो जुन आगामी माघको २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । डा. भोला रिजालको प्रस्तुति रहेको चलचित्रमा जितुले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन् । चलचित्रलाई डा. भोलाका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

आइतबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर​रिलिज गरिएको छ । उक्त कार्यक्रममा बोल्दै अभिनेता नेपालले यतिबेला आफू एउटा परीक्षामा रहेको बताए । 

‘जिन्दगी परीक्षा रहेछ । यतिबेला फेरी एउटा परीक्षामा छु’ – उनले भने ।

उनले २०४९ सालदेखि आफू निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय रहेको स्मरण गरे । ‘कहिले ट्वाक्कटुक्क टेलिसिरियलमा सानोतिनो रोल गरेँ । संगालो हुँदै मुक्तिमा सचिव भएँ । दर्पण  छायाँ, दुई किनारा चलचित्र खेलेँ । ‘छ एकान छ’देखि साथीहरूसँग सहकार्य गरेर केही चलचित्रमा काम गरेँ’ उनले अगाडि भने, – ‘कहिले ‘मुन्द्रे’ भएँ । कहिले गीताञ्जली चलाएँ । अहिले फेरी आएर ह्यारी भएको छु ।’

यतिबेला आफू फेरी अर्को परीक्षामा रहेको र त्यसमा सफल हुने चाहना रहेको उनले सुनाए । 

जितु नेपाल भनेपछि चलचित्रले हसाउँछ भन्ने दर्शकहरुको बुझाई रहेको हुनसक्ने भन्दै उनले भने, ‘केही हदसम्म त्यो पनि होला । तर, दर्शकहरुले सोँचेको भन्दा चलचित्र बिल्कुलै फरक छ ।’ जितुले ‘ह्यारीकी प्यारी’लाई आफ्नो जीवनको कोशेढुंगा भएको बताए । 

‘किनकी यसमा मैले फरक भूमिकामा अभिनय गर्ने अवसर पाएँ । मलाई फरक भूमिकामा अभिनय गराइयो’ उनी भन्छन् – ‘छायांकनमा मेरो २७/२८ भन्दा घटी टेक कुनै पनि भएन् । एउटा निर्देशकले आफ्नो खोँचअनुसार अभिनय गराउनु त्यो सफल हो ।’

भावनात्मक र अलि गम्भीर खालको भूमिकामा अभिनय गर्न पाएको भन्दै आफ्नो तर्फबाट सक्दो मेहनत गरेको जितुको भनाई थियो । 

साम्राज्ञीले पनि आफूले एउटा राम्रो र फरक चलचित्रमा काम गर्न पाएको भन्दै खुशी व्यक्त गरिन् ।

सामाजिक–कमेडी जनरामा निर्माण गरिएको चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतकोसमेत अभिनय छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x