२० असार २०८३, शनिबार

बिओके ग्लोबल आइएमएईमा बिलय, आजबाट ग्लोबल आइएमई बैंकको रूपमा एकीकृत करोबार

बिओके ग्लोबल आइएमएईमा बिलय, आजबाट ग्लोबल आइएमई बैंकको रूपमा एकीकृत करोबार

बैंक अफ काठमाण्डु (बिओके) आजबाट ग्लोबल आइएमएई बैंकमा बिलय भएको छ । आजबाट दुई बैंक मर्ज भएर ग्लोबल आइएमई बैंकको रूपमा एकीकृत करोबार शुरु गरेको छ । मर्जर पश्चात् बैंकको कुल सम्पती ५ खर्ब ५ अर्ब, कूल पुँजी  ५७ अर्ब, चुक्ता पूँजी ३५ खर्ब ७७ अर्ब, कूल निक्षेप ४ खर्ब १२ अर्ब, कुल कर्जा ३ खर्ब  ७७ अर्ब पुगेको छ । यसको कुल ग्राहक संख्या ४० लाख पुगेको छ ।

मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बताए । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डौंको तर्फबाट २ जना रहेका छ्न । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य भएका छ्न् । 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरुसहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक भएको पनि ढकलले बताए ।

यो बैंकको बजार हिस्सा नै करिब १० प्रतिशत पुगेको ढकालको भनाइ छ । खाडीमा रहेका नेपालीको रकम घर घर पुर्‍याएको र त्यसैको आशीर्वादले आज देशकै ठूलो बैंक बन्न सकेको पनि ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्