×

NMB BANK
NIC ASIA

‘सिरियल किलर’ दम्पतीः यसरी परे प्रहरीको फन्दामा

पुस २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनीका तीन जिल्लाका तीन महिलाको हत्या गर्ने भारतीय ‘सिरियल किलर’ लाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

Muktinath Bank

चार महिनाको अन्तरमा कपिलवस्तु, गुल्मी र अर्घाखाँचीमा महिलाका गरगहना र धनमाल लुट्न श्रृङखलाबद्ध हत्या गर्ने भारतीय नागरिक सुशान्त सिंह र उनीकी पत्नी शिवा परियारलाई अर्घाखाँची प्रहरीले विशेष अपरेशन गरी पक्राउ गरेको हो । सिंह पत्नी शिवा अर्घाखाँची शीतगंगा नगरपालिका वडा नम्बर १० निवासी हुन् । २३ वर्षीया सिंह भारतको गुडगाउँ हरियाणाका रहेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंह दम्पतीले पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बोखरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको समेत हत्या गरेका थिए ।


Advertisment
Nabil box
Kumari

अर्घाखाँची प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालले विशेष अनुसन्धानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको बताए ।​

Vianet communication
Laxmi Bank

सुशान्तले श्रीमतीसँग मिलेर श्रृंखलाबद्ध हत्या गरेको खुलेपछि उनकी श्रीमती शीतगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीया शिवालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । सिंहले ३ वर्षअघि परियारसँग विवाह गरी कपिलवस्तुमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ । थापाको हत्या गर्न श्रीमानलाई सघाएको र योजना बनाउन सहयोग गरेको परियारले प्रहरीलाई बयान दिएकी छन् । 

अर्घाखाँचीमा तेस्रो पटक महिलाको हत्या गरी भाग्ने क्रममा प्रहरीले सिंह दम्पतीलाई पक्राउ गरेको हो । पक्राउ गरी अनुसन्धान गर्दा सिंहले तीन वटै घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसमक्ष स्विकारेका हुन् । यही पुस १७ गते शीतगंगा-१० बोखरकी ६० वर्षीया राधा थापालाई दूध लिन जाने क्रममा बाटोमा ढुकेर हत्या गरेका थिए। थापालाई ढुंगा र हँसिया प्रहार गरी हत्या गरी जंगलको खोल्सामा फालेर गहना लिएर भागेका थिए । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्काल घटनास्थल पुगेको प्रहरीले शंकास्पद व्यक्तिको खोजी गरेको थियो । हत्यारा खोज्दै जाँदा शीतगंगा-११ स्थित मुद्रेबास जंगलमा लुकेर बसेको अवस्थामा सुशान्त र शिवा पक्राउ परेका हुन् । यो घटना कपिलवस्तु र गुल्मीमा भएको वृद्धा हत्याकै घटनासँग मिल्दोजुल्दो देखिएकाले प्रहरीले अनुसन्धान बढाएको थियो ।

त्यस्तै गएको असोज १४ मा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ विजयनगरकी ७० वर्षीया योगमाया गैरेको पनि सुशान्तले नै हत्या गरेको पुष्टि भएको छ । सुशान्त दम्पतीले योगमायाको हत्या गरी गहना लुटेर भारत गएको प्रहरीलाई बयान दिएका छन् । सिंहले गएको कार्तिक २८ मा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापालाई पनि घरमै पुगेर हत्या गरी गहना लुटेर भागेको खुलेको छ ।

जीवकला घरमा एक्लै रहेको भिडियो युट्युबमा हेरी सिंह गुल्मी पुगेको बताएका छन् । घरमा छोराछोरी कोही नभएको र श्रीमानको मृत्यु भइसकेको थाहा पाएर घरमा पुगेका सिंहले उनको घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी भागेको प्रहरी निरीक्षक पौडेलले बताए ।

थापाको जीवनकथा एउटा युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो । ‘तीनवटै घटनामा गहनाकै लागि सिंहले हत्या गरी भागेको खुलेको छ । विभिन्न माध्यमबाट एकल महिला भएको पत्ता लगाउने र योजना बनाएर हत्या गर्दै गहना लुट्ने गरेको अनुसन्धानबाट देखियो’ प्रहरी निरीक्षक पौडेलले भने । यसरी लगातार एउटै प्रकृतिका घटनामा सिंह दम्पती मात्रै संलग्न छन् कि अरू गिरोह नै छ भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x