
‘फूलै फूल दिन्छौ की...’को फिमेल भर्सन युट्युब ट्रेण्डिङमा पर्न सफल भएको छ ।
गत शुक्रबार अस्मिता अधिकारीको स्वरमा गीतको फिमेल भर्सन युट्युबमा सार्वजनिक गरिएको थियो ।
मंगलबार दिउँसोसम्म गीतले २ लाख ४० हजार बढी भ्युज पाइसकेको छ । युट्युबमा संगीततर्फ ट्रेण्डिङ नम्बर ७ मा यस गीत रहन सफल छ । आनन्द अधिकारीका शब्द, आशिष अविरलको संगीत रहेको यो गीत शिव परियारको स्वरमा एक दशकभन्दा अगाडि सार्वजनिक भएको थियो ।
चार महिना अघिमात्रै शिवकै स्वरमा गीतको रिमेक भर्सन ल्याइएको थियो । रिमेक भर्सनलाई स्रोता दर्शकले निकै रुचाएका थिए । गीत टिकटकमा समेत चर्चित छ ।
विकास प्रसाईँको निर्देशनमा तयार फिमेल भर्सनको भिडियोमा प्रभात पल र सोनिका भण्डारीको अभिनय छ । साथमा सञ्जय ढुंगाना, प्रतिक गौतम र सगुन तामाङ समेत भिडियोमा देखिएका छन् ।
जितु तामाङको छायांकन, विकास प्रसाइँको सम्पादन रहेको गीतको भिडियो ‘आशिष अविरल’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।