जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् ।
टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।
जापानमा यसलाई जोहाचु भन्ने गरिन्छ । त्यसको अर्थ हो, बाफ बनेर उड्नु । त्यहाँ धेरै मानिस यस्तै किसिमले गायब भएका छन् । उनीहरूको बारेमा परिवारका सदस्यले भेउ नै पाउँदैनन् ।
परिवारबाट टाढा जानका लागि केही कम्पनीहरूले टन्न पैसा लिएर सेवा दिने गरेका छन् । ती कम्पनीहरूले ग्राहकलाई गोप्य ठाउँमा बस्न सहयोग गर्छन् ।
मानिसहरू जागिर खान अफिस जाने अनि फर्केर घरै नआउने गरिरहेका छन् ।
यही जोहाचुका कारण जापानमा पारपाचुकेका घटना घटेको पनि बताइएको छ ।
मानिसहरू पारपाचुके पाउनका लागि कानूनी झमेलामा पर्नुभन्दा बरू गायब हुनु ठीक हो भनिरहेका छन् ।