चैत ५, २०७९
प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...
काठमाडाैं | पुस २८, २०७९
पार्टीमा वामपन्थी शक्तिबीच एकता गर्नुपर्ने निर्णय गराएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला दिनमा फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक देखिन थालेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ ढंगको सहकार्य शुरू भएका बेला माधव नेपालले भने एमाले अध्यक्ष ओलीलाई चिढ्याउने अभिव्यक्ति दिइरहेका छन् ।
मंगलवार प्रतिनिधिसभामा बैठकमा नेपालले ओलीलाई बिझाउने खालको अभिव्यक्ति दिए ।
प्रतिनिधिसभा विघटन प्रतिगमन होइन भन्ने ओलीको भनाइलाई लिएर माधव नेपाल संसदमा जंगिए ।
‘प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्नुपर्ने हतारो छ, हतार गरेर केही हुँदैन । प्रमुख प्रतिपक्षी दलले नै विश्वासको मत दिने भनेपछि अब झस्किनुपर्ने केही छैन । हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनुपर्ने आवश्यकता छैन । तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिबद्धता छ कित छैन ? शंका गर्नुपर्ने कुरा त्यहाँ छ । किनभने यही रोस्टममा मैले सुनें, संसद् विघटन गर्न पाइन्छ । त्यही मान्यता यो गठबन्धनको हो भने खतरनाक संकेत हो । के यो ब्रिटेन हो ? भारत हो ? पुरानो नेपाल हो ? गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो ? २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो ? होइन, ख्याल के होस् भन्दा राणाकालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो । २०४७ मा त म आफैं संलग्न छु । विगतका त्रुटि नहोर्याउने प्रतिबद्धता गरेका छौं । हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन् । गठबन्धनले आत्मालोचना महसूस गरेको होला भनेको त यहाँ गर्जिएको देख्दा अचम्म लाग्यो । हिजै जवाफ दिने पक्षमा थिएँ । पहिलो दिन के भन्नु भनेको त अझै आत्मालोचना छैन । यस्तो गोलचक्करमा नफस्नुस् । संविधानले आफूखुशी संसद् विघटन गर्ने अधिकार दिएको छैन,’ पुस २६ गते मंगलवार प्रतिनिधिसभाको बैठकमा नेपालले भनेका थिए ।
प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेर आन्दोलन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने यसबारे मौन रहे । ‘यो अहिले हाम्रो बहसको विषय होइन’ भन्दै प्रचण्डले विगतलाई कोट्याउन चाहेनन् । माधव नेपाल भने कांग्रेस सभापति शेरबहादुर देउवाकै कित्तामा उभिएर ओलीविरुद्ध खनिएका थिए ।
प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा ओलीले प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको जिकिर गरेका थिए । प्रत्युतरमा मंगलवारका बैठकमा देउवाले ओलीको भनाइलाई लिएर आपत्ति जनाएका थिए । त्यसपछि मंगलवारको बैठकमा ओली र देउवाबीच जुहारी चलेको थियो । देउवापछि बोलेका नेपालले ओलीलाई चिढ्याउने खालको अभिव्यक्ति दिए ।
बुधवार फेरि माधव नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रचण्डलाई सुझाव दिए ।
‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसूस भए त हुन्थ्यो । तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ, मैले जे गरें, ठीक गरें । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसूस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने प्रवृत्ति नेपाली राजनीतिमा पनि देखिन्छ । यो प्रवृत्तिको शिकार वर्तमान प्रधानमन्त्री नभइदिनु होला है । मेरो आग्रह छ, विनम्रतालाई अवलम्बन गर्नुहोला’ पार्टीनिकट अखिलले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले भने ।
पार्टी निर्णय एकातिर, माधवको बोली अर्कातिर
पुस १८ गते सम्पन्न पोलिटब्यूरो बैठकले वामपन्थी शक्तिबीच एकता गर्ने र त्यसको नेतृत्व पार्टीले लिने निर्णय गर्यो । त्यसको जिम्मा पार्टी सचिवालयलाई दियो । पुस २१ गते बसेको पार्टी सचिवालय बैठकले वामपन्थी पार्टीबीच एकताका लागि महासचिव बेदुराम भुसाल संयोजकत्वको कार्यदललाई सक्रिय बनाउने निर्णय गर्यो ।
नेता प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा. विजय पौडेल सदस्य रहेको कार्यदललाई गृहकार्यको जिम्मा दिइयो ।
‘वाम एकताका लागि पहल गर्ने भनेर पोलिटब्युरो बैठकबाट प्रस्ताव पारित गरेका थियौं, त्यसको अगुवाइ पार्टीले गर्ने निर्णय गरेका छौं’, नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकपछि पुस २१ गते भनेका थिए ।
कार्यदलले एमाले छाडेका घनश्याम भुसालसँग छलफल गरिरहेको छ । माधव नेपालको चाहनाबमोजिम उपेन्द्र यादवसँग पार्टी एकताबारे कार्यदलले छलफल गर्दैछ ।
माधव नेपालले लिइरहेको राजनीतिक लाइनप्रति नेकपा एसभित्र ठूलो असन्तुष्टि छ । चुनावमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न वञ्चित नेपालले जसपासँग एकता गरेर प्रतिनिधिसभामा चौथो ठूलो दल बन्ने कसरत गरिरहेका छन् ।
‘वामपन्थीसँग एकता गर्दा सबभन्दा बढी विचार मिल्ने नेकपा एमालेसँग हो । एमाले पार्टी तपाईं हामीले नै बनाएका हौं । राजनीतिक परिस्थिति बदलिएपछि पुस ५ गतेको घटनालाई लिएर केपी ओलीसँग पानी बाराबार गर्नु हुँदैन भनेर बैठकमै भनेका हौं,’ माधव नेपालको पछिल्ला कदमको आलोचक एक स्थायी कमिटी सदस्यले बिहीवार लोकान्तरसँग भने, ‘माधव कमरेडको कुरा बुझ्न छाडियो, विचारै नमिल्ने उपेन्द्र यादवसँग पार्टी एकता गर्ने भनेर लागिपर्नुभएको छ ।’
ओलीसँग बढाउँदै दूरी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ लिने दिन राष्ट्रपति कार्यालय शीतल निवासमा एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई कोट्याएर बोलाएका थिए ।
शपथपछिको चियापानमा पनि नेपाल र ओलीबीच कुराकानी भएको थियो । ओली–नेपालबीच संवादहीताको अवस्था अन्त्य भएपछि माधव नेपाललाई भावी राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रचार पनि गरियो ।
तर, ओलीसँगको इगोलाई माधव नेपालले बिर्सेनन् । ओलीले तोडेको संवादहीनतालाई माधव नेपालले सदुपयोग गर्न नसकेको नेकपा एसका कतिपय नेताहरूको गुनासो छ ।
एमाले नेताहरू पनि माधव नेपालले एकपक्षीय ढंगले आफूलाई टाढाटाढा लगिरहेको टिप्पणी गर्छन् । ‘उहाँको बोलीलाई हामीले नोट गरिरहेका छौं । वामपन्थी दलबीच एकता गरौं पनि भन्ने र निषेध गरेर जाने प्रवृत्तिले उहाँ कहाँ पुग्नुहोला ?’ एमालेका एक पदाधिकारीले भने ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् । उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...
चालू आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)सम्ममा राजस्व अनुसन्धान विभागले १७ वटा मुद्दामा जम्मा ३५ करोड रुपैयाँ मात्रै बिगो दाबी गरेको छ । पछिल्लो एक महिनामा भने ४ वटा मुद्दामा नै ६३ करोड रुपैयाँको ...
चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ । अहि...
अस्ट्रेलिया, बेलायत र अमेरिकाले अकस सम्झौताअन्तर्गत नयाँ घोषणा सोमवार (मार्च १३) मा गरेका छन् । सन् २०२१ को सेप्टेम्बर १५ मा यी तीन देशबीचको त्रिपक्षीय सुरक्षा सम्झौताका रूपमा अकसको जन्म भएको थियो ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...