०१ असार २०८३, सोमबार

टीभीमा अन्तर्वार्ता दिँदादिँदै मन्त्री निदाएपछि... (भिडियो)

माघ १, २०७९
टीभीमा अन्तर्वार्ता दिँदादिँदै मन्त्री निदाएपछि... (भिडियो)

रोमानियाको एक टेलिभिजनले अन्तर्वार्ता दिँदादिँदै त्यहाँका कृषिमन्त्री पेत्रे दाएया निदाएका छन् । 

युक्रेन द्वन्द्वका कारण परेको असरका विषयमा पत्रकारले प्रश्न सोध्दै गर्दा दाएया निदाएर घुरेको आवाज सुनिएको थियो । 

शनिवार सामाजिक सञ्जालमा राखिएको क्लिपमा अन्तवार्ताको सानो अंश राखिएको हो । एन्टेना ३ सीएनएन नामक उक्त टीभी च्यानलमा दुईजना महिला होस्टले दाएयालाई युक्रेन संकटका कारण रोमानियाका कृषकहरूलाई परिरहेको नकारात्मक असरका बारेमा सोधेका थिए । उनको उत्तर सुन्न प्रतीक्षा गरिरहँदा मन्त्रीले फोनमा घुरेको आवाज सुनिएको थियो । 

मन्त्री सुतेर घुरेको आवाज सुनेपछि होस्टले मन्त्रीसँग फोन सम्पर्क हुन नसकेको बताएर कुरा मिलाइन् । अनि स्टुडियोमा रहेका होस्टहरूले हाँसो दबाएका थिए । एकजनाले मुख छोपेकी थिइन् भने अर्कीले अप्ठ्यारो मान्दै तलतिर हेरेकी थिइन् । 

७३ वर्षीय दाएया गत जुलाई महिनामा मात्र कृषिमन्त्री नियुक्त भएका हुन् । 

उनले पहिला पनि रमाइला बयान दिने गरेका थिए । एकपटक उनले आफूलाई सोलार प्यानलसँग तुलना गरेका थिए । आफू सूर्यबाट चार्ज हुने अनि राति त्यसैबाट ऊर्जा प्राप्त गर्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्