
अमेरिका र इरानबीच युद्ध अन्त्यको खाका तयार पार्न महत्त्वपूर्ण भूमिका खेलिरहेका कतारी मध्यस्थकर्ताहरू तेहरानमा १७ घण्टा लामो सघन वार्तापछि फर्किएका छन्।
एक कूटनीतिज्ञले दिएको जानकारी अनुसार कतारी टोलीले इरानी पक्षसँग प्राविधिक र राजनीतिक विषयमा म्याराथन छलफल गरेको सीएनएनले जनाएको छ ।
तेहरानको वार्ता सकिएसँगै अब यसै साता कतारको राजधानी दोहामा दुवै पक्षसँग छुट्टाछुट्टै तयारी बैठकहरू आयोजना गरिनेछन्।
यी बैठकहरू आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने औपचारिक हस्ताक्षर कार्यक्रम र त्यसपछि सुरु हुने प्राविधिक तहको वार्ताको तयारीका लागि हुन लागेका हुन्।