२२ असार २०८३, सोमबार

विमान दुर्घटनामा गिटारिष्ट निशान्तको पनि निधन

विमान दुर्घटनामा गिटारिष्ट निशान्तको पनि निधन

आइतवार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा युवा पुस्तामाझ चर्चित गिटारिष्ट तथा गीतकार निशान्त आचार्यको पनि निधन भएको छ ।

रक गायक तथा अभिनेता रोविन तामाङ लगायतले सामाजिक सञ्जालमा आचार्यलाई श्रद्धाञ्जली दिएका छन् ।

आचार्यका भिडियोहरू युट्युब र टिकटकमा लोकप्रिय छन् । पोखरा घर भएका आचार्यलाई उनका फ्यानहरुले पनि श्रद्धाञ्जली दिइरहेका छन् । 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको उक्त विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

salt training

कमेन्ट गर्नुहोस्