×

NMB BANK
NIC ASIA

शक्ति बाँडफाँटको प्रयास

मन्त्रालय भागबण्डामा सहमति, एमालेले ८ मन्त्रालय पाउँदा अरूलाई कति ?

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्ने, माधव नेपालको पार्टीलाई रोजेको मन्त्रालय दिइने

माघ २, २०७९

NTC
Premier Steels

सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा लगभग टुंगिएको छ ।

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागबण्डा लगभग टुंगिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा भएको प्रतिनिधित्वको आधारमा दलहरूले मन्त्रालयको हिस्सा पाउने भएका हुन् । ८ सांसद बराबरी १ मन्त्रालय पाउने गरी मोटामोटी सहमति भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफलले सत्तारुढ दलले पाउने संख्या र मन्त्रालयमा मोटामोटी सहमति जुटेको छ । 

Vianet communication

सोमवारै साँझ ५ बजे बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो सहमतिलाई औपचारिकता दिने तयारी गरेको छ । पछिल्लो सहमतिअनुसार एमालेले सबैभन्दा बढी ८ मन्त्रालय पाउने भएको छ । 

नेकपा माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ र राप्रपाले २ मन्त्रालय लिने गरी समझदारी भएको छ । जसपाले २ र लोसपालाई पनि १ मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको छ ।

एमालेले कुन–कुन मन्त्रालय लिँदैछ ?

सरकारको नेतृत्व माओवादीले गरे पनि सत्ता साझेदारको सबैभन्दा ठूलो दल एमालेले ८ मन्त्रालय पाउने भएको छ । उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले लिइसकेका छन् ।

यसबाहेक एमालेको भागमा रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्यन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । एमालेबाट ३ मन्त्री नियुक्त भइसके पनि उनीहरूको जिम्मेवारी तोकिएको छैन ।

माओवादीलाई ४ मन्त्रालय

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित थप ४ मन्त्रालय पाउने भएको छ । प्रचण्ड सरकारमा नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन् । माओवादीले सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र लगायतका मन्त्रालय लिने भएको छ । 

रविको पार्टीलाई ३ मन्त्रालय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शहरी विकास र श्रम गरी थप २ मन्त्रालय पाउने सहमति भएको स्रोतको दाबी छ । रास्वपा अध्यक्ष रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय लिइसकेका छन् । रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दाबी गरे पनि त्यो पाउने सम्भावना कम रहेको स्रोतले बतायो ।

उपप्रधानसहित ऊर्जा मन्त्रालय लिङ्देनले पाउने सम्भावना

सरकारलाई शुरूमै समर्थन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान र ऊर्जा मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन् । ३ मन्त्रालयसहित राप्रपा सरकारका सहभागी हुने लगभग तय भएको छ । 

शुरूमा सरकार बाहिरबाट समर्थन गर्ने बताएको राप्रपाले पछि सरकारमा सहभागी हुने प्रतिबद्धता जनाएको थियो । पार्टी सरकारमा सहभागी हुन तयार रहेको राप्रपा स्रोतले लोकान्तरलाई बतायो । 

जसपालाई २ मन्त्रालय, लोसपा पनि सरकारमा जाने

जसपालाई २ मन्त्रालय र १ राज्यमन्त्री तथा लोसपालाई १ मन्त्रालय दिन माओवादी र एमाले सहमत भएका छन् । जसपाले कृषि मन्त्रालयमा दाबी गरिरहेको छ । 

माधव नेपाललाई रोजेको मन्त्रालय दिइने

स्रोतका अनुसार माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा आउन तयार भए उसलाई पनि रोजेको १ मन्त्रालय दिन सकिनेबारे ओली र प्रचण्डबीच कुराकानी भएको छ । 

‘१ मन्त्री र राज्यमन्त्रीसहित नेकपा एसलाई सरकारमा सहभागी गराउन दुवै नेता सकारात्मक हुनुहुन्छ,’ माओवादी स्रोतले लोकान्तरसँग भन्यो । समाजवादीलाई सरकारमा ल्याउन सक्दा राष्ट्रपति निर्वाचनमा पनि सहयोग जुट्ने विश्वास एमालेले लिइएको छ ।

राष्ट्रपति निर्वाचनलाई मध्यनजर राखेर नेपाली कांग्रेसबाहेक सबै दललाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव रहेको स्रोतले बतायो । सरकारको नेतृत्वको हैसियतले सबैलाई सरकारमा सहभागी गराउन पहल गर्न ओलीले प्रचण्डलाई आग्रह गरेका छन् । 

सरकारलाई समर्थन गरेका सबै दल सरकारमा आए एमाले र माओवादीको भागमा परेका १–१ मन्त्रालय घटाएर भए पनि समेट्नेबारे २ नेताबीच कुराकानी भएको माओवादी स्रोतले लोकान्तरलाई बतायो । 

प्रधानमन्त्री प्रचण्डले पुस ११ गते शपथ लिएका थिए । उनले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिइसकेका छन् । सरकारका न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरेर विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन दलहरूबीच सहमति भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x