२५ असार २०८३, बिहीबार

जजदेखि प्रतिस्पर्धीसम्मलाई रुवाउँदै नेपाल आइडलबाट बिदा भए सुरज थापा

कात्तिक २०, २०७४
जजदेखि प्रतिस्पर्धीसम्मलाई रुवाउँदै नेपाल आइडलबाट बिदा भए सुरज थापा
काठमाडौं, २ भदौ— चर्चित रियालीटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । टप ६ का प्रतियोगीबीचको प्रतिस्पर्धाबाट उद्घोषकले सुरज बाहिरिएको घोषणा गर्नासाथ जजहरु इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाका साथै अन्य प्रतियोगी तथा उपस्थितहरु निकै भावुक बनेका थिए । इन्दिरा जोशीको सुरज बाहिरिएसँगै उनीमाथि टिप्पणी गर्ने क्रममा गला नै अबरुद्ध बनेको थियो ।suraj  11
सुरजले भने आमाबाबुको सपनालाई लत्याएर आफू यो क्षेत्रमा आएको भएपनि अहिले खुसी बनाउन सकेकोमा सन्तोष व्यक्त गरे । उनले भने, ‘आमाबाबुको सपनालाई लत्याएर म यो क्षेत्रमा लाग्दा उहाँहरु दुःखी हुनुभएको थियो । तर नेपाल आइडलको ४ महिनाको बीचमा उहाँहरु निकै खुसी हुनुभएको छ ।’ उनले आफू अन्तिम ६ को प्रतिस्पर्धाबाट बाहिरिन पुगेपनि जितेर गएको जस्तो अनुभूति भएको पनि प्रतिक्रिया दिए ।20986176_1387931764590103_1286287252_n

आजको प्रतिस्पर्धामा उनीसँगै बटम थ्रीमासुजाता पाण्डे र निशान भट्टराई परेका थिए । उनले भन्दा बढी भोट ल्याएको आधारमा निशान र सुजाता भने अन्तिम ५ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।
अब अन्तिम ५ मा निशान र सुजातासँगै, बुद्ध लामा, सागर आले र प्रताप दासबीच प्रतिस्पर्धा हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्