
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको बैठक बुधबार पनि बस्दैछ ।
मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।
संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे फेरि सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।