२६ असार २०८३, शुक्रबार

लोकसंगीतको रियालिटी शो ‘लोकस्टार’को प्रसारण सुरु

लोकसंगीतको रियालिटी शो ‘लोकस्टार’को प्रसारण सुरु

नेपाली मौलिक लोकसंगीत सम्बन्धी टेलिभिजन रियालिटी शो ‘हिमालय लोकस्टार’को प्रसारण सुरु भएको छ ।

मंगलवारदेखि रियालिटी शोको प्रसारण सुरु भएको हो ।

हिमालय टेलिभिजनमा अबदेखि मंगलवारर बुधवार राती ८ बजेदेखि शो प्रसारण हुनेछ । ​

सिमोस सुनुवारको निर्देशन रहेको रियालिटी शोमा वरिष्ठ लोकगायक कुमार बस्नेत महाजजको रुपमा छन् । 

कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र रामजी खाँण जजका रुपमा छन् ।

लोकगायक प्रकाश सपूत र पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ कार्यक्रम प्रस्तोताको रुपमा छन् ।

अडिसन राउन्डबाट शोको प्रसारण सुरु भएको हो ।

यस राउण्डमा जजहरुले ८० जना प्रतियोगीलाई मेघा अडिसनसम्म पुर्याउनेछन् । तर, प्रतियोगीहरु मेघा अडिसनसम्म प्रवेश गर्न ३ जनामध्ये २ जनाको मन जित्नुपर्नेछ । 

त्यसबाहेक ‘गोल्डेन स्टार’को विशेष अधिकार प्रयोग गरेर जजले ३ जना प्रतियोगीलाई सिधै उत्कृष्ट २० मा लैजान पनि सक्नेछन् । 

अनि शो मेघा अडिसनमा प्रवेश गर्ने जनाइएको छ ।

मंगलवारको अडिसन राउण्डको पहिलो एपिसोडमै प्रतिस्पर्धी पीएन साइँलाले गोल्डेन स्टार अवार्ड जित्दै उनी उत्कृष्ट २० मा प्रवेश गरिसकेका छन् ।

महाजज बस्नेतलाई भने मेगा अडिसन राउण्डबाट मात्रै देख्न पाइनेछ । मेघा अडिसन राउण्डबाट उत्कृष्ट २५ जना छनोट हुनेछन् । त्यसपछि ‘फेसअप राउण्ड’बाट उत्कृष्ट २० छनोट गरिनेछ । त्यसपछि उत्कृष्ट १६ प्रतियोगीहरु रोधीमा बस्नेछन् । त्यसपछि लाइभ राउण्ड सुरु हुने र दर्शकको भोटका आधारमा लोकस्टार विजेता छनोट गरिनेछ ।  

शोको विजेताले नगद २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्