×

NMB BANK
NIC ASIA

महिला सहभागिता

कर्णालीकी नन्दा गुरुङको नाममा कीर्तिमान : प्रदेश सभामा देशकै पहिलो महिला सभामुख

माघ ४, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेश सभाले आइतवार सुखद इतिहास रचेको छ । नेपालको इतिहासमा कर्णालीकी नन्दा गुरुङले प्रदेश सभाको पहिलो महिला सभामुख निर्वाचित भएर कीर्तिमान कायम गरिन् ।

Muktinath Bank

नेकपा एमालेकी प्रदेशसभा सदस्य गुरुङलाई सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले समर्थन गरेको थियो । सत्ता गठबन्धनको २४ मत प्राप्त गरी उनी कर्णाली प्रदेशको दोस्रो सभामुख र नेपालको इतिहासमै पहिलो महिला प्रदेशसभा सभामुख बन्न सफल भइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभाको पहिलो कार्यकालमा ७ वटै प्रदेशमा सभामुख पुरुष र उपसभामुख महिला मात्र चुनिएका थिए । गुरुङ सभामुखमा निर्वाचित भएपछि महिला सांसदहरूले ‘समावेशी अभ्यासको सुन्दर नमूना’ भनेका छन् ।


Advertisment
Nabil box
Kumari

सभामुख निर्वाचित भएलगत्तै उनले आइतवार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिनुका साथै प्रदेशसभा सचिवालयमा पदबहाली गरेकी छन् । 

Vianet communication

सत्ता साझेदार दलहरूबीच कर्णाली प्रदेशमा मुख्यमन्त्री र उपसभामुख पद माओवादी केन्द्र तथा सभामुख एमालेले लिने सहमति भएको थियो । एमालेमा सभामुखका आकांक्षी अरु पुरुष सांसदहरू पनि थिए । दलभित्रका अन्य आकांक्षीलाई पन्छाउँदै गुरुङले कांग्रेसका खड्गबहादुर पोखरेलसँग प्रतिस्पर्धा गरिन् । अन्ततः एमाले, माओवादी केन्द्र र राप्रपाको मतबाट गुरुङ सभामुख पदमा निर्वाचित भइन् ।

सभामुख निर्वाचित भएपछि उनले सहमति, सहकार्य र संवादको माध्यमबाट साझा व्यक्तिको रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् । ‘सभामुख प्रदेश सभाको साझा व्यक्ति हो, त्यही भएर यसको गरिमा उच्च छ,’ उनले भनिन्, ‘मैले सन्तुलित भएर पदको गरिमा बचाउनेछु, प्रदेश सभामा आइपर्ने जटिलताहरूलाई आपसी संवादबाट समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु ।’

विगतमा थुपै्र दिन भोको पेटमा पार्टी काममा खटिएको बताउँदै उनले पार्टीले सही समयमा सही मूल्यांकन गरेको बताइन् । उनले भनिन्, ‘जनजाति समुदाय, त्यसमा पनि एकल महिलालाई घरबाट बाहिर निस्कन सजिलो थिएन, धेरै कठिन र संघर्षका दिन गुजारेर यहाँसम्म आइपुगेकी छु ।’ 

गुरुङ प्रदेशको इतिहासमै पहिलो महिला सभामुख बन्दा कर्णालीका नेत्रीहरू पनि खुशी छन् । यसबाट आफूहरूलाई सकारात्मक पे्ररणा मिलेको उनीहरूको भनाई छ । राप्रपाकी सांसद सन्तोषी शाही गुरुङले सभामुखमा महिला निर्वाचित हुनुलाई ऐतिहासिक अवसर बताइन् । माओवादी केन्द्रकी सांसद यशोदा न्यौपानेले महिलाले राजनीतिमा गरेको निरन्तरता, योगदान र इमान्दारिताको कदर भएको भन्दै यसले आम महिलाहरूमा ऊर्जा थप्ने विश्वास व्यक्त गरिन् ।

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले यसले सिंगो महिला र जनजाति समुदायप्रति ठूलो न्याय मिलेको बताइन् । ‘व्यक्तिगत रूपमा नन्दा गुरुङको मात्र होइन, आम महिला, त्यसमा पनि जनजाति समुदायका महिलाको ठूलो सफलता हो,’ उनले भनिन् । 

को हुन् गुरुङ ? 

२०२३ फागुन २ गते दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा जन्मिएकी गुरुङको परिवार त्यहाँबाट सुर्खेतको वीरेन्द्रनगर बसाइँ सर्‍यो । उनको बाल्यकाल भने बर्दियाको बढैयातालमा बित्यो । प्रतिबन्धित अनेरास्ववियु छैठौंमा आबद्ध भएकी उनले २०४८ सालदेखि एमालेको राजनीति शुरू गरेकी थिइन् । एमालेको प्रारम्भिक कमिटीदेखि वडा, नगर, ईलाका, क्षेत्रीय हुँदै उनले ३ कार्यकाल जिल्ला कमिटी सदस्यका रूपमा काम गरिन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा उनी साविक उत्तरगंगा गाविस–४ को वडा सदस्य निर्वाचित भएकी थिइन् । वीरेन्द्रनगर–२ निवासी उनी हाल पार्टी प्रदेश कमिटीको सचिवालय सदस्य र अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष हुन् ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गुरुङलाई एमालेले प्रदेश सभामा समानुपातिक उम्मेदवार बनाएको थियो । उनी आदिवासी जनजाति महिला कलस्टरबाट छानिएकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएका बेला गठन गरेको राष्ट्रिय भूमि आयोगमा उनले सुर्खेत जिल्लाको सदस्य भएर काम गरिन् । 

बाल्यकालमा पढ्न नपाएकी गुरुङले २०६५ सालमा खुला शिक्षातर्फबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । वीरेन्द्रनगर–१२ स्थित अमर ज्योति माविमा उनले खुला शिक्षा तर्फबाट एसएलसी दिएकी थिइन् । त्यसपछि उनले जनमाविबाट प्लस टु र सुर्खेत क्याम्पस (शिक्षा) बाट स्नातक अध्ययन पूरा गरिन् । २०५४ सालमा अल्पायूमै श्रीमान् गुमाएकी उनी त्यसयता एकल महिलाहरूको हकहितका लागि पनि क्रियाशील छिन् । उनी मानव अधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुन् ।

पार्टी र पारिवारिक जिम्मेवारी एकैसाथ सम्हालेकी गुरुङले अध्ययनलाई पनि उत्तिकै प्राथमिकता दिइन् । उनी हाल सुर्खेत क्याम्पस (शिक्षा) मा स्नातकोत्तर अध्ययनरत छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x