×

NMB BANK
NIC ASIA

प्रदेश १ मा आजबाट 'आध्यन्त एक्सिलेरेटर कार्यक्रम' शुरू

माघ ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ मा आजबाट 'आध्यन्त एक्सिलेरेटर कार्यक्रम' शुरु भएको छ।

Muktinath Bank

प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषि उद्यमहरूलाई लक्षित गरी विराटनगरमा यो कार्यक्रम शुरुवात गरिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमको प्राथमिक लक्ष्य प्रदेश १ का कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्न पुँजीमा पहुँच पुर्‍याउन सहयोग गर्नु रहेको जनाएको छ।


Advertisment
Nabil box
Kumari

एक्सेलरेटर कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्नेछ।

Vianet communication
Laxmi Bank

जसले प्रदेशमा उपलब्ध स्रोतहरूको व्यवसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्ने कार्यक्रमकासाझेदारी र सञ्चार प्रबन्धक निश्चल सिंह भण्डारीले बताए।

कार्यक्रमले कृषि–उद्यमीहरूलाई व्यवसायिक वृतमा तथा वृतभन्दा बाहिर रहेका उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्न मद्दत हुनुका साथै थप रोजगारी सिर्जना गर्न मद्दत गर्ने उद्देश्य राख्ने उनले बताए।

यसअघिका एक्सिलेरेटर कार्यक्रमहरू राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासो आएपछि आध्यन्त एक्सिलेरेटर कार्यक्रम नेपालमै पहिलो पटक राजधानी बाहिर, प्रदेश १ लाई केन्द्रित गरेर हुन लागिरहेको हो।

यसबाहेक नेपालमै पहिलो पल्ट सार्वजनिक निजी साझेदारीको मोडलमा एक्सिलेरेटर कार्यक्रम सञ्चालन हुन लागेको हो।

यसमा प्रदेश सरकारको तर्फबाट प्रदेश लगानी प्राधिकरण, निजी क्षेत्रको सबैभन्दा ठूलो र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई समेटिएको छ।

प्राप्त आवेदानहरूबाट १० वटा  उद्यमीहरूलाई छनोट गरी १२ हप्तासम्म पुँजी, बजार पहुँच, र विविध प्राविधिकलगायत आन्तरिक चुनौतीहरू केन्द्रित परामर्श प्रदान गरिने जनाइएको छ । 

यस एक्सेलरेटर कार्यक्रमले व्यवसायिक वृतमा रहेका विभिन्न सरोकारवालाहरूले आपसमा गर्ने अन्तरक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास गरिएको छ।

साथै यसले उद्यमीहरूलाई उनीहरूको व्यवसायिक पर्यावरणभन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जालसम्म पहुँचसमेत प्रदान गर्नेछ।

आवेदनका लागि मिति २०७९ माघ ४ गते देखि १८ गतेसम्म खुला गरिएको जनाइएको छ। ​

विराटनगरस्थित बिग होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा प्रदेश उपाध्यक्ष श्री राजेन्द्र राउत, प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेल, प्रदेश लगानी प्राधिकरणका सीईओ डा. सरोज कोइराला, सहज कार्यक्रमका टिम लिड रिक भान डेर क्याम्प र आध्यन्तका संस्थापक मनोज पौडेलले मन्तव्य व्यक्त गरेका थिए।

सँगै कार्यक्रममा सहभागी हुन प्रदेश नं. १ का कृषि उद्यमीहरूबाट आवेदन आह्वानसमेत गरिएको छ।

साथै प्रदेश न. १ मा लगानी प्रवर्द्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, सहज परियोजना र आध्यन्तबीच औपचारिक समझदारी गर्ने प्रक्रिया बढेको समेत जनाइएको छ।

आध्यन्त नेपालमा स्टार्टअप संस्कृति तथा व्यवसायिक वातावरण प्रवर्द्धनमा काम गरिरहेको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक संस्था हो।

आध्यन्तले उद्यमी र उद्यमहरूका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सुरुवात गर्ने उद्देश्य राख्दछ।

यसले लगानीलाई उद्यमीहरूको पहुँचमा ल्याएर सँगै जोखिम मोल्ने र व्यवसायको हरेक चरणमा उनीहरूलाई सहायता प्रदान गर्दै नेपालको सबैभन्दा ठूलो र प्रभावकारी कोष परिचालन प्लेटफर्म बन्ने लक्ष्य राखेको छ।

साथै लगानीलाई सुलभ र आकर्षक बनाएर नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने तर्फ समेत आध्यन्तले काम गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x