माघ १८, २०७९
पोखरा महानगरपालिका- १६, बाटुलचौरका ४५ वर्षीय रामप्रसाद आचार्य पेटसम्बन्धी समस्या भएपछि उपचारका लागि २०७८ असारमा फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि., गैरापाटन पोखरामा भर्ना भए । चिकित्सकहरू डा. प्रदीप घ...
काठमाडाैं | माघ ५, २०७९
काठमाडौं महानगरपालिकाको कार्यालयमा चरम बेथिति रहेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो ।
केन्द्रको छड्के अनुगमनका क्रममा एकैदिन विना कुनै जानकारी २ सय २७ जना कर्मचारी अनुपस्थित भएको पाइएको छ । सोही दिन २०८ कर्मचारी निर्धारित समयभन्दा निकै ढिला उपस्थित भएर हाजिरी गरेका थिए ।
कर्मचारीहरू यसरी अनुपस्थित हुँदा र मनलाग्दी गर्दा पनि महानगर प्रमुख बालेन्द्र साह निरीह देखिएका छन् । न उनले कर्मचारीहरूलाई अनुशासित बनाउन सकेका छन्, न अनुशासन उल्लंघन गर्नेलाई कारबाही नै गरेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले गत पुस २१ गते काठमाडौं महानगरको कार्यालयमा छड्के अनुगमन गर्दा एकैदिन २ सय २७ जना कर्मचारी कार्यालय प्रमुखलाई कुनै जानकारी नगराई अनुपस्थित रहेको पाइएको थियो ।
केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद अधिकारीको संयोजकत्वमा गठित टोलीले महानगरको कार्यालयमा छड्के अनुगमन गर्दा १०:१५ पछि २ सय ८ जना कर्मचारी हाजिर भएका थिए ।
कर्मचारीहरू १० बजे नै कार्यालयमा उपस्थित भएर हाजिरी गर्नुपर्ने नियम छ ।
छड्केकै क्रममा २७ जना कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको थियो। काठमाडौं महानगरमा २ हजार २३ जना कर्मचारीको दरबन्दी छ, जसमध्ये नगर प्रहरी, सरसफाई कर्मचारी, सवारी चालक, मालीसहित ४ सयजना कर्मचारीलाई भने अत्यावश्यक सेवा भएकाले अनुगमनको दायरामा राखिएको थिएन ।
त्यस्ता कर्मचारीको छड्के गर्न नमिल्ने भएकाले बाँकी १६ सय जति कर्मचारीहरूको सम्बन्धमा अनुगमन गर्दा ४ सय ६२ जना कर्मचारी कारबाहीको दायरामा परेको देखिएको छ ।
केन्द्रले छड्के गर्न गएको दिन महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी आफैं कार्यालय समयमा उपस्थित हुन सकेका थिएनन्। उनी संयन्त्रको बैठकमा उपस्थित हुनुपर्ने भन्दै कार्यालयमा अनुपस्थित भएका थिए ।
प्रशासन विभागका निर्देशक देवेन्द्रप्रसाद पोखरेल, निर्देशक डिल्लीराम बास्तोला, ध्रुवकुमार काफ्ले, प्राविधिक विभागका निर्देशक नुरनिधि न्यौपाने, सिभिल इन्जिनीयर उमेशकुमार बुढाथोकी पनि अनुपस्थित भएका थिए।
प्रशासन विभागका उपनिर्देशकहरू भक्तबहादुर साउद, विमला कोइराला, सुमन अधिकारी, प्राविधिकतर्फका उपनिर्देशकहरू मनोजराज सिंह सुवाल, निर्मलराज बराल, वीरबहादुर खड्का, रामबहादुर महतोजस्ता उच्च तहका कर्मचारीहरू पनि विना कुनै जानकारी अनुपस्थित भएका थिए ।
त्यसैगरी प्रशासन फाँटका सहायक निर्देशकहरू शारदादेवी सोती पौडेल, उषा प्रजापति, रामप्रसाद सापकोटा, कमल गौतम, हरि वाग्ले (काफ्ले), मञ्जु आचार्य, सुशील सुवेदी, सृष्टी बडाल, रवीन्द्रलाल श्रेष्ठ, देवकी ढुंगाना, सुनिल राजोपाध्याय (शर्मा), सञ्जीव घिमिरे, लोकनाथ पौडेल र सुधा शाक्य पनि अनुपस्थित थिए।
प्राविधिकतर्फका सहायक निर्देशकहरू वीरबहादुर कार्की, सुमनवैद्य श्रेष्ठ, यशोदा खत्री (केसी), न्हुछेमान महर्जन, लिना श्रेष्ठ (हाडा), इरु श्रेष्ठ, ऋषिराम पुडासैनी, रञ्जना अधिकारी, मन्दिरा श्रेष्ठ, रुपा डंगोल, फत्तबहादुर गुरुङ पनि दिनैभर उपस्थित थिएनन् ।
त्यसैगरी लेखा फाँटका सहायक निर्देशकहरू अनिता श्रेष्ठ, सोना शर्मा, बिन्जु बज्राचार्य, लेखा अधिकृतहरू सत्यकुमार महर्जन, निर्देश खडका, उद्दव भट्टराई, टेकराज उप्रेती, लेखापालहरू रामकुमार श्रेष्ठ, मनोजकुमार खड्का, भगवान कोइराला, सुलोचना श्रेष्ठ, मनराज बस्नेत, रोहिणीदेवी उप्रेती, चम्पा जोशी, सुनिला लामिछाने आचार्य, अनिता केसी, मनोजकुमार श्रेष्ठ पनि अनुपस्थित भएका थिए।
त्यसैगरी कम्प्युटर विभागसहित अन्य विभिन्न विभागमा तल्लो तहदेखि माथिल्लो तहका थुप्रै कर्मचारीहरू कार्यालय प्रमुख वा विभागीय प्रमुखलाई जानकारी नगराई आफूखुशी अनुपस्थित रहे ।
हेर्नुहोस्, कार्यालयमा कुनै जानकारी नै नगराई दिनैभर अनुपस्थित हुने महानगरका कर्मचारीहरूको विवरण :
प्रशासन फाँटका सहायक निर्देशकहरू पटना डंगोल, ज्ञानेन्द्र श्रेष्ठ, सीता ढकाल (अधिकारी), अम्बिका थापा खड्का, सुबोध खड्का, महेश्वरबहादुर भुजेल, चन्द्रगोपाल प्रधान, सरस्वती आचार्य, अञ्जली सिन्धुर्कार, राजेश श्रेष्ठ, कृष्णराज बिष्ट, गुणलक्ष्मी गजुरेल बज्राचार्य, शान्ता पहाडी, ईश्वरीदेवी, प्रकाश उप्रेती, अब्दुलमाजिद खान, रामजी श्रेष्ठ १०:१५ पछि मात्र कार्यालयमा उपस्थित भएका थिए।
त्यसैगरी प्राविधिक फाँटका सहायक निर्देशकहरू ध्रुव श्रेष्ठ, रेश्मा श्रेष्ठ, उमाकुमारी बस्नेत, प्रमिला पराजुली, रामचन्द्र नेपाली, शारदा डंगोल (मुनिकार), लक्ष्मी श्रेष्ठ, सुजित अमात्य, कविन्द्रराज नकर्मी, अरुणसिंह महर्जन, हेमन्तकुमार चौरसिया, हिक्मतसिंह कठायत निर्धारित समयभन्दा ढिलो कार्यालयमा उपस्थित भएका थिए।
सिभिल इन्जिनियरहरू राजेन्द्र डंगोल, माधव काफ्ले, अर्जुन अर्याल, लेखा फाँटका सहायक निर्देशक सुशीला श्रेष्ठ, कम्प्युटर सहायक निर्देशकहरूसहित विभिन्न तहका कर्मचारीहरू कार्यालयमा ढिला उपस्थित भएका थिए।
हेर्नुहोस्, कार्यालय समयभन्दा ढिला उपस्थित हुने महानगरका कर्मचारीहरूको विवरण :
राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदी अब उनीहरूलाई विभागीय कारबाहीका लागि काठमाडौं महानगरपालिकाको कार्यालयमा पत्र पठाउने तयारी भएको बताउँछन् ।
'केन्द्रबाट खटिएको टोलीले दिएको प्रतिवेदनअनुसार प्रचलित ऐन, कानूनबमोजिम ढिला उपस्थित भएका, विना कुनै जानकारी अनुपस्थित भएका तथा तोकिएको पोशाक नलगाएका कर्मचारीहरूलाई विभागीय कारबाही गर्नका लागि हामीले निर्देशन दिने तयारी गरेका छौं,' केन्द्रका सहसचिव सुवेदीले लोकान्तरसँग भने।
तीन दिनसम्म कार्यालयमा ढिला भएको अवस्थामा एक दिन गयल गरी तलब कट्टा गर्नुपर्ने कानूनी प्रावधान छ । तर, महानगरले अहिलेसम्म कसैलाई कारवाहि गरेको छैन ।
काठमाडौं महानगरका सहायक प्रवक्ता दीपक अधिकारी सतर्कता केन्द्रले गरेको छड्के अनुगमनपछि कर्मचारीहरू समयमै कार्यालय आउन थालेको दाबी गर्छन्।
'केन्द्रले छड्के गरेकै दिन पनि कतिपय प्राविधिक, सम्पदा, सार्वजनिक निर्माण, वातावरण विभागमा कार्यरत कर्मचारीहरू फिल्डमा कार्यरत हुनुहुन्थ्यो,' अधिकारीले लोकान्तरसँग भने, 'कतिपय कर्मचारीहरू कार्यालयमा आएर हाजिरी गर्नुभन्दा पनि फिल्डमै काम गरेर आएर हाजिरी गर्ने गरेको अवस्थामा पनि छड्केमा पर्नुभयो ।'
यद्यपि सबै विभागका प्रमुखहरूलाई पहिले कार्यालय समयमै कर्मचारीहरूलाई हाजिरी गर्न लगाउन निर्देशन दिइसकिएको उनले बताए। केन्द्रको दोस्रो टोलीले सोही दिन सिंहदरबार वैद्यखाना विकास समितिमा पनि छड्के गर्दा कार्यालय प्रमुख नै निर्धारित समयमा कार्यालय नआएको पाइएको थियो। कुल ४३ जना कर्मचारीहरूको दरबन्दी रहेकोमा १७ जना कर्मचारीहरू कार्यालय समयभन्दा ढिला आएको पाइएको थियो।
कार्यालय प्रमुख डा. रामदेव यादव आफैं पनि १०:२८ मा मात्र उपस्थित भएका थिए। अन्य कर्मचारीहरू सञ्जय चौधरी, सुमन कुमार झा, डा. लालबाबु साह, शम्भुप्रसाद कुशवाहा, डा. सबरी साह, डा. हरिदेवप्रसाद यादव, विचारी साह, रामप्रवेशप्रसाद जयसवाल, भक्तनारायण राजधामी, केशव शर्मा, अर्जुन साह, लिलाकान्त चौधरी, निलुकुमारी पाण्डे, सानिमाया लामा कार्यालय समयभन्दा ढिला उपस्थित भएका थिए।
हेर्नुहोस्, वैधखानामा छड्के गरिएको दिनको कर्मचारीहरूको विवरण :
दुईजना कर्मचारीहरू भने कुनै जानकारी नै नगराई अनुपस्थित भएका थिए । १८ जना कर्मचारीले तोकिएको पोशाक लगाएका थिएनन् । ती सबै कर्मचारीलाई विभागीय कारबाही गर्न केन्द्रले निर्देशन दिने तयारी गरेको छ ।
पोखरा महानगरपालिका- १६, बाटुलचौरका ४५ वर्षीय रामप्रसाद आचार्य पेटसम्बन्धी समस्या भएपछि उपचारका लागि २०७८ असारमा फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि., गैरापाटन पोखरामा भर्ना भए । चिकित्सकहरू डा. प्रदीप घ...
सिंहदरबार वैद्यखाना विकास समितिमा पुस्तक छपाई, भवन निर्माण तथा मर्मतसहितका कार्यहरूमा अनियमितता भएको पाइएको छ । स्वीकृत वार्षिक कार्यक्रमलाई असार महिनामा संशोधन गरी आफूखुशी रकम खर्चिएको पाइएको हो। ...
हुम्लाको अदानचुली गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबाट सरकारी लेटरप्याड र छापको दुरुपयोग बढेको छ । अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाबीच आपसी टकराव बढ्दा जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी...
सरकारी कार्यालयहरूको सम्पत्ति मौज्दातको मौद्रिक मूल्यांकन १ खर्ब ५० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयले लागू गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा प्रविष्ट गरेको देशभरका कूल ५ हजार...
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका पदाधिकारीहरूले सहकारी संस्थासँगको मिलेमतोमा सरकारी अनुदानको ३५ लाख रुपैयाँ झ्वाम पारेका छन् । मधेश प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई दिने अनुदानमा यस्तो...
ठेकेदार र आयोजनाका कर्मचारीको निहीत स्वार्थका कारण राष्ट्रिय गौरवका ठूला आयोजनाको ठेक्का प्रक्रियामा कतिसम्म बदमासी हुन्छ भनी उदाहरणका रूपमा लिन सकिने एक घटना पर्दाफास भएको छ । वर्षौंदेखि चर्चामा रहेको ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...